४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

जसको पहिलो फिल्मले नै प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जित्यो

जसको पहिलो फिल्मले नै प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जित्यो
अ+ अ-

काठमाडौँ । प्रतिक्षित नेपाली चलचित्र ‘हल्कारा’ बैशाख २९ गते रिलिज हुँदैछ । यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् ।

सापकोटा सायदै नेपाली फिल्मी जगतका चर्चित नाम हुन् । तर, उनै सापकोटाको पहिलो फिल्मले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जितेर नेपाल र नेपाली सिने जगतलाई विश्वमा चिनाउन ठूलो भूमिका खेलेको छ ।

निर्देशकः विक्रम सापकोटा

‘हल्कारा’ पूर्णरुपमा ‘कमर्शियल’ तथा मनोरञ्नात्मक कथानक चलचित्र रहेको निर्देशक सापकोटा बताउँछन् । ‘हल्कारालाई हामीले पूर्ण ‘मेनस्ट्रिम’मा रहेर बनाएका छौँ । यसको कथा भन्ने क्रममा पूर्ण मनोरञ्जनात्मक र व्यावसायिक दृष्टिकोणबाट बनाएका छौँ ।’ सापकोटाले भने ।

यो चलचित्रले सबैभन्दा पुराना फेस्टिभलहरु मध्ये एक ‘वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिभल २०२२’मा सर्वश्रेष्ठ चलचित्रको अवार्ड ‘प्लेटिनम रेमी’ प्राप्त गरेको छ भने सोहि फेस्टिभलमा महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड प्राप्त गरेका छन् ।

साथै, ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’मा उत्कृष्ट ‘लङ्ग न्यारेटिभ फिल्म् ‘फ्लिकर्स रोड आइल्याण्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२२’मा सेमिफाइनलिस्ट र यूकेको ‘कार्मार्थेन बे फिल्म फेस्टिवल २०२२’मा सेलेक्सनमा परेको थियो ।

वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिभल अमेरिकाको पुरानो फिल्म फेस्टिभलमध्ये एक हो । ओस्कार अवार्ड प्राप्त ‘द ब्लाइन्ड साइड’का लेखक तथा निर्देश समेत रहेका जोन ली ह्यानकक तथा चर्चित हलिउड निर्देशक स्टीभन स्पिलवर्ग, रन्डल क्लेजर एवं ताइवानी फिल्ममेकर एङ्ग ली र क्यानेडियन निर्देशक डेविड उइनिङजस्ता विश्व प्रसिद्ध हलिउड फिल्ममेकरहरु समेत उक्त फिल्म फेस्टिभलका एलुमनी हुन् ।

गत बिहीबार फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ । ट्रेलरलाई लिएर दर्शकहरुले राम्रो प्रतिक्रिया दिएका छन् । हुलाक सेवाको सरकारी जागिरमा रहेको युवकको कथालाई ट्रेलरमा देखाईको छ । यसैगरी ट्रेलरले रोजगारीको लागि विदेशिएको पुरुष र उसलाई पर्खेर बस्ने एक नारीको कथा समेत प्रस्तुत गरेको छ । गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई ट्रेलरमा देखाउने कोसिस गरिएको छ ।

फिल्मलाई कालीपार स्टुडियोले निर्माण गरेको हो भने आइसफल प्रोडक्सनको सहकार्य रहेको छ । महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय रहेको फिल्ममा विप्लव प्रतीक र आकाश बरालले सह–लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।

यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्यूजिक रहेको छ भने प्रोडक्सन साउण्ड ज्योती रानाको रहेको छ । ‘हल्कारा’का कलरिस्ट लियोनार्डो क्यान्डियन हुन् । काठमाडौँ उपत्यकामा जिजिए ग्रुपले वितरण गर्ने यो चलचित्रको एफडी कम्पनीले वितरण गर्नेछ । ‘खल्ती डिजिटल वालेट’ टिकेटिङ्ग पार्टनरको रुपमा रहेको छ भने कम्युनिटी पार्टनर ‘नेपाली पात्रो’ रहेको छ ।