२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङकै बिकट साइपालमा पनि पुगे पाठ्यपुस्तक, छिट्टै ढुवानी सुरु गरिने



अ+ अ-

बझाङ । बझाङको साइपाल गाउँपालिकालगायत १२ वटै स्थानीयमा विद्यालय खोल्नु अगाडि नै पाठ्यपुस्तक पुग्ने भएका छन् । विगतका वर्षमा वार्षिक परीक्षासम्म पनि पूरै पाठ्यपुस्तक नपाइने साइपाल गाउँपालिकालगायत स्थानीय तहका विद्यालयमा यो वर्ष भने विद्यालय खोल्नु अगाडि नै पाठ्यपुस्तक पुग्ने भएका हुन् ।

बझाङको सबैभन्दा दुर्गम स्थानीय तह साइपाल गाउँपालिकाका विद्यालयमा पनि विद्यार्थी भर्ना भएसँगै पुस्तक वितरण गर्ने तयारी रहेको साइपाल गाउँपालिकाका शिक्षा शाखा सहसंयोजक ज्ञानबहादुर बोहराले बताउनुभयो ।

समयमा नै पुस्तक पुगेपछि विद्यार्थी, शिक्षक तथा अभिभावकमा खुसी छाएको छ । धलौन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तबहादुर बोहराले भन्नुभयो, “यस वर्ष समयमै पाठ्यपुस्तक पुग्ने खबरले खुसी छौँ । यसरी नै हरेक वर्ष पाठ्यपुस्तक समयमै पुगे पठनपाठनमा सजिलो हुन्थ्यो । यातायात नपुगेको हाम्रो ठाउँमा सदरमुकाम पुग्नै तीन दिन लाग्छ । खच्चरमार्फत पुस्तक ढुवानी गर्छौं ।”

जिल्लाका सबै पालिकाका विद्यालयका लागि पाठ्यपुस्तक जिल्ला सदरमुकाम चैनपुरस्थित सगुन स्टेसनरी पसलबाट ढुवानी गरिने भएको छ । पसल सञ्चालक हर्क बम्मका अनुसार आधा जति किताब पसलमा पुगिसकेको र सबै किताब वैशाख ६ गते पुग्ने भएकाले ७ गते सबै विद्यालयमा पठाइने जानकारी दिनुभयो । बाह्र स्थानीय तह रहेको बझाङमा साइपाल गाउँपालिका बाहेकका स्थानीय तहमा यातायातको सहज सुविधा रहेकाले पाठ्यपुस्तक ढुवानीमा समस्या छैन ।

यातायातको समस्या रहेको साइपाल गाउँपालिकामा पनि खच्चरमार्फत पाठ्यपुस्तक ढुवानी गर्ने गाउँपालिकाले जनाएको छ । विगत वर्षमा वार्षिक परीक्षा सकिँदासमेत पुस्तक नपाएका जिल्लाका विद्यार्थी यस वर्ष समयमै पुस्तक पाउने भएपछि खुसी भएका छन् ।

जयपृथ्वी नगरपालिका–१ कैलाशमा रहेको नारायण माध्यमिक विद्यालयमा अध्ययनरत सङ्गीता खड्काले समयमै किताब पाइिने कुराले खुसी लागेको बताउनुभयो । यही वैशाख ३ देखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको र १५ गतेदेखि विद्यालयमा पठनपाठन सुरु हुने शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी सिंहले बताउनुभयो । रासस