२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङकै बिकट साइपालमा पनि पुगे पाठ्यपुस्तक, छिट्टै ढुवानी सुरु गरिने



अ+ अ-

बझाङ । बझाङको साइपाल गाउँपालिकालगायत १२ वटै स्थानीयमा विद्यालय खोल्नु अगाडि नै पाठ्यपुस्तक पुग्ने भएका छन् । विगतका वर्षमा वार्षिक परीक्षासम्म पनि पूरै पाठ्यपुस्तक नपाइने साइपाल गाउँपालिकालगायत स्थानीय तहका विद्यालयमा यो वर्ष भने विद्यालय खोल्नु अगाडि नै पाठ्यपुस्तक पुग्ने भएका हुन् ।

बझाङको सबैभन्दा दुर्गम स्थानीय तह साइपाल गाउँपालिकाका विद्यालयमा पनि विद्यार्थी भर्ना भएसँगै पुस्तक वितरण गर्ने तयारी रहेको साइपाल गाउँपालिकाका शिक्षा शाखा सहसंयोजक ज्ञानबहादुर बोहराले बताउनुभयो ।

समयमा नै पुस्तक पुगेपछि विद्यार्थी, शिक्षक तथा अभिभावकमा खुसी छाएको छ । धलौन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तबहादुर बोहराले भन्नुभयो, “यस वर्ष समयमै पाठ्यपुस्तक पुग्ने खबरले खुसी छौँ । यसरी नै हरेक वर्ष पाठ्यपुस्तक समयमै पुगे पठनपाठनमा सजिलो हुन्थ्यो । यातायात नपुगेको हाम्रो ठाउँमा सदरमुकाम पुग्नै तीन दिन लाग्छ । खच्चरमार्फत पुस्तक ढुवानी गर्छौं ।”

जिल्लाका सबै पालिकाका विद्यालयका लागि पाठ्यपुस्तक जिल्ला सदरमुकाम चैनपुरस्थित सगुन स्टेसनरी पसलबाट ढुवानी गरिने भएको छ । पसल सञ्चालक हर्क बम्मका अनुसार आधा जति किताब पसलमा पुगिसकेको र सबै किताब वैशाख ६ गते पुग्ने भएकाले ७ गते सबै विद्यालयमा पठाइने जानकारी दिनुभयो । बाह्र स्थानीय तह रहेको बझाङमा साइपाल गाउँपालिका बाहेकका स्थानीय तहमा यातायातको सहज सुविधा रहेकाले पाठ्यपुस्तक ढुवानीमा समस्या छैन ।

यातायातको समस्या रहेको साइपाल गाउँपालिकामा पनि खच्चरमार्फत पाठ्यपुस्तक ढुवानी गर्ने गाउँपालिकाले जनाएको छ । विगत वर्षमा वार्षिक परीक्षा सकिँदासमेत पुस्तक नपाएका जिल्लाका विद्यार्थी यस वर्ष समयमै पुस्तक पाउने भएपछि खुसी भएका छन् ।

जयपृथ्वी नगरपालिका–१ कैलाशमा रहेको नारायण माध्यमिक विद्यालयमा अध्ययनरत सङ्गीता खड्काले समयमै किताब पाइिने कुराले खुसी लागेको बताउनुभयो । यही वैशाख ३ देखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको र १५ गतेदेखि विद्यालयमा पठनपाठन सुरु हुने शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी सिंहले बताउनुभयो । रासस