११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

म्यान्मार कूः राष्ट्रसङ्घद्वारा सत्ता हत्याउने सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव पारित

म्यान्मार कूः राष्ट्रसङ्घद्वारा सत्ता हत्याउने सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव पारित
अ अ+ अ-

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले म्यान्मारमा यो वर्ष भएको सैन्य कूको प्रतिक्रियास्वरूप उक्त देशको सेनालाई हतियार आपूर्ति नगर्न अरूलाई आग्रह गरेको छ। त्यस्तो आग्रहलाई विरल मानिन्छ।

राष्ट्रसङ्घको महासभाले एउटा प्रस्ताव पारित गर्दै फेब्रुअरीमा देशको निर्वाचित सरकारलाई सत्ताच्युत गर्ने सेनाको कदमको निन्दा गरेको छ।

राष्ट्रसङ्घले निर्वाचित नेत्री आङ सान सू चीसहितका राजनीतिक बन्दीलाई मुक्ति गर्न र शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध हिंसक दमन बन्द गर्न आह्वान पनि गरेको छ।

कानुनी रूपमा बाध्यकारी नभए पनि राष्ट्रसङ्घको प्रस्तावलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ।

म्यान्मारका लागि राष्ट्रसङ्घीय विशेष दूत क्रिस्टिन श्नानर बुर्गनरले भनिन्, 'साँच्चिकै ठूलो गृहयुद्धको जोखिम छ। ढिलो भइसकेको छ। सैन्य कदमलाई फिर्ता गर्ने अवसर साँघुरो भइरहेको छ।

मतदानमा कसले के गरे ?

एक सय १९ देशले उक्त प्रस्तावको समर्थन गर्दा बेलारुस मात्र विपक्षमा उभिएको थियो। रुस र चीनसहितका अन्य ३६ देश मतदानमा सहभागी भएनन्।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्का स्थायी सदस्य पनि रहेका रुस र चीन म्यान्मारको सेनाका लागि दुई ठूला अस्त्र आपूर्तिकर्ता हुन्।

दक्षिण एशियाली देशमध्ये नेपाल, भारत, पाकिस्तान, भुटान, बाङ्ग्लादेश र श्रीलङ्काले मतदान गरेनन्। तर अफगानिस्तान र माल्दिभ्सले प्रस्तावको पक्षमा मतदान गरे।

त्यसरी मतदानमा सहभागी नभएका केही देशले उक्त विषय म्यान्मारको आन्तरिक मामिला भएको बताएका थिए।

अन्य केहीले उक्त प्रस्तावले चार वर्षअघि सेनाले रोहिन्ज्या मुस्लिमविरुद्ध गरेको क्रूर आक्रमणको विषयलाई सम्बोधन नगरेको बताएका थिए।

त्यतिबेला झन्डै १० लाख रोहिन्ज्याहरू म्यान्मार छाड्न बाध्य भएका थिए।

ढिलो गर्दा 'कम प्रभाव'
राष्ट्रसङ्घमा निर्वाचित सरकारको प्रतिनिधित्व गर्ने म्यान्मारका राजदूत जो मु टुनले उक्त प्रस्ताव पारित गर्नका लागि महासभाले लगाएको समयका कारण आफू निराश भएको बताउँदै त्यो 'कम प्रभावकारी' प्रस्ताव भएको बताएका छन्।

फेब्रुअरीमा सैन्य कू गर्दा म्यान्मारको सेनाले गत वर्ष नोभेम्बरमा सम्पन्न निर्वाचनमा अनियमितता दाबी गरेको थियो।

तर स्वतन्त्र पर्यवेक्षकहरूले उक्त चुनाव धेरै हदसम्म स्वतन्त्र र निष्पक्ष भएको एवं नेत्री आङ सान सू चीविरुद्धका अभियोग राजनीतिक उद्देश्यले प्रेरित भएको बताउँदै आएका छन्।

सैन्य कूपछि देशभरि ठूला प्रदर्शनहरू भएका छन् र म्यान्मारको सेनाले प्रजातन्त्रपक्षधर प्रदर्शनकारी, अभियानकर्मी र पत्रकारमाथि दमन गरिरहेको छ।

एउटा निगरानी समूह असिस्टन्स असोसीएशन फर पलिटिकल प्रिजनर्सका अनुसार सुरक्षा फौजले अहिलेसम्म ८६० जनाको हत्या गरेको छ भने झन्डै ५,००० मानिस हिरासतमा छन्। बीबीसी