• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

दुई गोलको अग्रता जोगाउन नसक्दा वेस्टहामसँग बराबरीमा रोकियो आर्सनल



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले बराबरी खेलेको छ । आइतबार साँझ सम्पन्न खेलमा आर्सनलले वेस्टहाम युनाइटेडसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

वेस्टहामले घरेलु मैदानमा आर्सनलको २–० को अग्रतालाई उल्टाउँदै बराबरी गर्यो । खेलको सातौं मिनेटमा गाब्रियल जेससले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । १० औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे ।

तर, ३३ औं मिनेटमा सेड बेनराम्हले पेनाल्टीमार्फत गोल गर्दै वेस्टहामलाई १–२ को अवस्थामा ल्याए । आर्सनलका गाब्रियलले डि–बक्सभित्र फउल गरेपछि वेस्टहामले पेनाल्टी पाएको थियो ।

यता ५१ औं मिनेटमा आर्सनलका बुकायो साका पेनाल्टीमा गोल गर्न चुके । त्यसको तीन मिनेटपछि नै अर्थात ५४ औं मिनेटमा जारोर्ड बोएनले गोल गर्दै वेस्टहामलाई हारबाट जोगाए ।

लगातार दुई खेलको बराबरीसँगै आर्सनल ३१ खेलबाट ७४ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत छ । म्यान्चेस्टर सिटी ३० खेलबाट ७० अंकका साथ आर्सनललाई पछ्याइरहेको छ । यस्तै, वेस्टहाम ३० खेलबाट ३१ अंकका साथ १५ औं स्थानमा छ ।