१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डलाई पूर्व सचिव भिम उपाध्यायको ७ बुँदे सुझाव



अ+ अ-

काठमाडौं । सामाजिक संञ्जालमा सक्रिय अभियन्ता पूर्व सचिब भिम उपाध्यायले आज प्रधानमन्त्री पुष्पकमल दाहाल संग भेटगरी बिभिन्न सुझाबहरु दिन
भएको छ ।

प्रधानमन्त्री संगको भेट र आफूले दिएको सुझाब सामाजिक संञ्जलमा राख्दै उपाध्यायले सामाजिक र आर्थिक बिषयहरुमा आफूले देखेको समस्या र समाधानका उपाएहरु समेत सुझाउनु भएको छ ।

भेटपछि उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ –

आज प्रम प्रचण्ड ज्यूसंग बालुवाटारमा १०-१२ मिनेटको संक्षिप्त भेटघाट भयो। निम्न सुझावहरू दिएको छु:

१) नेपालको अर्थतन्त्रमा बिदेशी मुद्राको अहिले ठूलो टेवा भनेको बिदेशमा रहेका श्रमिक नेपालीहरूले पठाएको रेमिटेन्स हो। हुण्डी प्रथालाई निरूत्साहित गर्न बैंकिंग च्यानलबाटै रकम पठाउने र त्यसका लागि केही प्रतिशत रकम सरकारले थपिदिने बंगलादेशको मोडल नेपालमा पनि लागू गर्नुपर्छ। यसो गरिएमा नेपाल बिदेशी मुद्राको अभावमा श्रीलंका र पाकिस्तान जस्तो तड्पिरहनु र अन्तराष्ट्रिय मुद्राकोषको अनावश्यक थोपरिएका सर्तहरूबाट नेपाल गुज्रनु पर्नेछैन।

२) नेपालमा दिगो ग्रामीण रोजगारी ह्वात्तै बढाउन र विदेशमा काम गर्ने युवाहरूले जोगाएको रकम उद्यममा लगानी गर्न उत्प्रेरित गर्न औद्योगिक र औषधीय प्रयोजनका लागि गॉजा खेती र ब्यावसाय गर्न तत्काल गॉजा खेती एवं ब्यवसाय नीति सार्वजनिक गर्नुपर्छ। यसका लागि विद्यमान ऐन बमोजिम नै नियमावली बनाएर सजिलै एक हप्तामा नियमावली जारी गर्न सकिन्छ।

३) नेपालका जेलमा गॉजा कसुरमा रहेका करिब १२ हजार कैदीलाई अन्य कुनै हिंसात्मक अपराध गरेका छैनन् भने अपराधमुक्त वा आम माफी दिएर कैदमुक्त गरी छाडिदिनुपर्छ।

४) गॉजा ब्यावसाय नियमन गर्न बिज्ञसम्मिलित शक्तिशाली केन्द्रीय ब्यावसायीक एजेन्सी गठन गरिहाल्नुपर्छ।

५) बिदेशमा रहेका राजदूताबासहरू बिदेशमा रहेका नेपाली जनतामैत्री देखिएका छैनन्, नेपालीको पिर मर्का नसुन्ने र हाकिमगिरी गरिरहेकाले विदेशमा रहेका नेपालीहरूमा सरकारप्रति नकारात्मक धारणा दृढ हुदै गरेको देखिन्छ। राजदूतहरूलाई यसमा गंभीर भएर नेपाली जनतामैत्री बन्न निर्देशनका साथै निगरानी गर्नुपर्छ।

६) सरकारले गरेका जनमैत्री सकारात्मक कामहरूलाई नियमित बुटेलिनमार्फत जनतामा आफै संप्रेषण गरिरहनुपर्छ।

७) नेपाली युवाहरूमा ब्याप्त बिद्रोही भावना चरम बेरोजगारी र सुशासनको अभावले हो, युवाहरूलाई संवोधन गरेर आगामी बजेटमा असल नीति घोषणा गर्नुपर्छ।