२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सहमति अनुरुपको पूरै समय काम गर्न पाउँछः सहमहामन्त्री परियार



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पूर्ण कार्यकाल काम गर्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सहमहामन्त्री परियारले सरकारले दलहरुका बीचमा भएको सहमति अनुरुप पूरा समय काम गर्ने बताउनुभएको हो । उहाँले दलहरुका बीचमा भएको सहमती कार्यान्वयन हुने उल्लेख गर्नुभयो । उहाँले संसदका विषयगत समितिहरु छिटोभन्दा छिटो बनाउन सभामुखले आवश्यक पहल गर्नुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो सरकारले पूरै समय प्राप्त गर्छ । यो सरकारका कार्यकालका बारेमा दलहरुका बीचमा जे सहमति भएको छ, पूरै समय सरकारले काम गर्न पाउँछ । संसदमा समितिहरु गठन हुन सकिरहेको छैन । यसका लागि सभामुखले आवश्यक पहल गरेर छिटोभन्दा छिटो समितिहरु निर्माण गरेर सदनलाई प्रभावकारी बनाउनु पर्छ ।’

उहाँले वैशाख १० गतेपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनु भयो ।