२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘संसदको विषयगत समितिहरु बन्न ढिलाइ हुँदा संसदीय प्रक्रियामाथि नै गतिरोध उत्पन्न भयो’



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले संसदको विषयगत समितिहरु बन्न ढिलाइ हुँदा संसदीय प्रक्रियामाथि नै गतिरोध उत्पन्न भएको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले विषयगत समितिहरु बन्न नसक्दा विधेयकहरु अगाडी बढ्न नसकेको बताउनु भयो । उहाँले समिति नहुँदा समग्र संसदीय प्रक्रियामा नै गतिरोध उत्पन्न भएको उल्लेख गर्दै समिति निर्माणमा दलहरु जिम्मेवार बन्नुपर्ने बताउनु भयो । उहाँले तत्काल समिति बनाउनुपर्ने माग गर्नुभयो । त्यस्तै सचेतक बर्तौलाले प्रधानमन्त्री संसदसँग डराएको भन्दै प्रधानमन्त्रीले सांसदहरुले उठाएको प्रश्नको जवाफ संसदबाट दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘एमालेको तर्फबाट विषयगत समितिमा रहने सांसदहरुको नाम टुंग्याइसकेका छौँ । भोलि बिहानसम्म हामी सभामुखलाई हस्तान्तरण पनि गर्छौं । यो प्रक्रियामा अन्य दलहरुपनि त्यत्तिकै जिम्मेवार बन्नुपर्छ । छिटो अगाडी बढाउनुपर्छ । यो नबन्दाखेरी धेरै विषयहरु अन्यौलतामा परेको छ । संसदमा विचाराधिन भएका वा टेबल भएका कयौँ विधेयकहरुले छलफलको कोर्समा जान सकेन । यो भनेको समग्र संसदीय प्रक्रियामाथिकै गतिरोध हो ।

संसदले नियमित समयमा सम्पन्न गर्नुपर्ने कामहरु सम्पन्न गर्ने सामथ्र्यमा यसले सामथ्र्य गुमाएको छ । सबै कुरा रोकिएको छ । तत्काल विषयगत समिति निर्माण गरौँ । कार्यपालिकाले संसदलाई छलेर हिड्नु हुँदैन । सदनदेखि प्रधानमन्त्री डराउनु हुँदैन । सांसदहरुले उठाएका देश र जनताकेन्द्रित मुद्दाहरुको बारेमा सदनमा आएर जवाफ दिने आँट, हिम्मत प्रधानमन्त्रीले गर्नुपर्छ । तर उहाँले यो हिम्मत गरिरहनुभएको छैन । प्रधानमन्त्रीले र मन्त्रीहरुले नियमित रुपमा सांसदको प्रश्नको जवाफ दिनुपर्छ । सरकार संसदप्रति पूर्ण जवाफदेही हुनुपर्छ ।’