• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

आर्सनललाई वेस्टहाम युनाइटेडको चुनौति



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछन् । पहिलो खेल लण्डनका दुई क्लब वेस्टहाम युनाइटेड र आर्सनलबीच हुँदैछ । यस्तै, दोस्रो खेलमा म्यान्चेस्टर युनाइटेड र नटिङहम फरेस्टबीच प्रतिस्पर्धा हुँदैछ ।

आर्सनल र वेस्टहामबीचको खेल साँझ ६ः४५ बजे तथा नटिङहम फरेस्ट र म्यान्चेस्टर युनाइटेडको खेल राति ९ः१५ बजे सुरु हुनेछ ।

शीर्षस्थानको आर्सनललाई आजको खेल विशेष रहेको छ । उपाधि होडमा रहेको आर्सनल आजको ‘लण्डन डर्बी’मा जित निकालेर स्पष्ट तीन अंक जोड्न चाहन्छ । हिजो शनिबार राति भएको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले लेस्टर सिटीलाई ३–१ गोलले पराजित गरेसँगै आर्सनललाई थप दबाब बढेको छ ।

समान ३० खेल खेल्दा आर्सनलको ७३ अंक र सिटीको ७० अंक छ । आर्सनल सिटीभन्दा तीन अंकले मात्र अगाडि छ । अब दुबै टिमसँग ८ खेल बाँकी छ । तुलनात्मक रुपमा आगामी खेलहरु आर्सनलका लागि कठिन देखिन्छ ।

आर्सनल गत हप्ता लिभरपुलसँग २–२ गोलको बराबरीमा रोकिँदै अंक बाँड्न पुगेको थियो । यता, वेस्टहामले भने फुलहमविरुद्ध १–० को साँघुरो जित निकालेको थियो । वेस्टहाम २९ खेलबाट ३० अंकका साथ १५ औं स्थानमा छ ।

आर्सनलले आजको समेत गरी दुई खेलपछि अप्रिल २७ मा सिटीसँग उसकै मैदान इतिहाडमा खेल्दैछ । यो खेल दुबै टिमका लागि निकै महत्वपूर्ण हुनेछ ।

यस्तै, आजै हुने दोस्रो खेलमा म्यान्चेस्टर युनाइटेडले नटिङहमसँग उसको मैदान घरेलु मैदान सिटी ग्राउन्डमा खेल्दैछ । शीर्ष चारमा रहनका लागि युनाइटेडलाई पनि खेल जित्नुपर्ने दबाब छ । युनाइटेड २९ खेलबाट ५६ अंकका साथ चौंथो स्थानमा छ । नटिङहम ३० खेलबाट २७ अंकका साथ रेलिगेशन जोनमा संघर्षरत छ ।