३ भाद्र २०८३, बुधबार
,
Latest
जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी प्रिमियर कप: नेपाली टोलीको घोषणा



अ+ अ-

काठमाडौं । मंगलबारबाट घरेलु मैदानमा आयोजना हुने एसीसी प्रिमियर कप खेल्ने नेपालको टोली घोषणा भएको छ।

आईतबार नेपाल क्रिकेट संघ (क्यान)ले प्रिमियर कप खेल्ने १४ सदस्सीय अन्तिम टोली घोषणा गरेको हो।

एसियन क्रिकेट काउन्सिल(एसीसी) को आयोजनामा हुने प्रतियोगिता वैशाख ५ गतेबाट १८ गतेसम्म संचालन हुनेछ ।प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।

१० राष्ट्रको सहभागीता रहेको प्रतियोगितामा खेललाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । यस्तै, समूह ‘बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

नेपालले बैशाख ५ मा टियु मैदानमा मलेसियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, नेपालले बैशाख ८ मा ओमानविरुद्ध हुने दोस्रो खेल टियु मैदानमा खेल्छ भने बैशाख ११ गते तेस्रो खेल मुलपानीमा साउदी अरेबियाविरुद्ध खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले कुवेतविरुद्ध टियु मैदानमा खेल्नेछ ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछ ।

नेपाली टोली

कुशल भुर्तेल, भिम सार्की, आसिफ शेख, प्रतिष जिसी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी,रोहित पौडेल(कप्तान),कुशल मल्ल, आरिफ शेख,दीपेन्द्र सिंह ऐरी, गुलशन झा,सोमपाल कामी, करण केसी,सन्दीप लामिछाने

वैकल्पिक खेलाडी
किशोर महतो,अर्जुन साउद,सन्दीप जोरा र सुर्य तामाङ