२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी प्रिमियर कप: नेपाली टोलीको घोषणा



अ+ अ-

काठमाडौं । मंगलबारबाट घरेलु मैदानमा आयोजना हुने एसीसी प्रिमियर कप खेल्ने नेपालको टोली घोषणा भएको छ।

आईतबार नेपाल क्रिकेट संघ (क्यान)ले प्रिमियर कप खेल्ने १४ सदस्सीय अन्तिम टोली घोषणा गरेको हो।

एसियन क्रिकेट काउन्सिल(एसीसी) को आयोजनामा हुने प्रतियोगिता वैशाख ५ गतेबाट १८ गतेसम्म संचालन हुनेछ ।प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।

१० राष्ट्रको सहभागीता रहेको प्रतियोगितामा खेललाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । यस्तै, समूह ‘बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

नेपालले बैशाख ५ मा टियु मैदानमा मलेसियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, नेपालले बैशाख ८ मा ओमानविरुद्ध हुने दोस्रो खेल टियु मैदानमा खेल्छ भने बैशाख ११ गते तेस्रो खेल मुलपानीमा साउदी अरेबियाविरुद्ध खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले कुवेतविरुद्ध टियु मैदानमा खेल्नेछ ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछ ।

नेपाली टोली

कुशल भुर्तेल, भिम सार्की, आसिफ शेख, प्रतिष जिसी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी,रोहित पौडेल(कप्तान),कुशल मल्ल, आरिफ शेख,दीपेन्द्र सिंह ऐरी, गुलशन झा,सोमपाल कामी, करण केसी,सन्दीप लामिछाने

वैकल्पिक खेलाडी
किशोर महतो,अर्जुन साउद,सन्दीप जोरा र सुर्य तामाङ