५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल आउँदै भाजपा विदेश विभाग प्रमुख चौथाइवाले



विजय चौथाइवाले र नेपाली काङ्ग्रेसकी नेत्री डा आरजू राणा देउवा
अ+ अ-

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा विजय चौथाइवाले नेपाल आउँदै हुनुहुन्छ । सडक मार्ग हुँदै आइतबार साँझ नेपाल आउन लागेका चौथाइवाले धनगढीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।

भारतको अन्तर्राष्ट्रिय सहयोग परिषद् (एआरएसपी) र नेपाल–भारत सहयोग मञ्च (नेपाल) को आयोजनामा शनिबारदेखि धनगढीमा भइरहेको ‘मानस खण्ड’ कार्यक्रम कार्यक्रममा सहभागी चौथाइवाले नेपाल आउन लाग्नुभएको हो ।

उक्त कार्यक्रममा नेपाल–भारतका नागरिक तथा सांस्कृतिक सम्बन्धका विषयमा छलफल हुने बताइएको छ । सो कार्यक्रममा सहभागी भएर उहाँ मंगलबार काठमाडौँ आउने बताइएको छ ।

सोमबार हुने एउटा सत्रको अध्यक्षता नेपाली काङ्ग्रेसकी नेत्री डा आरजू राणा देउवाले गर्नुहुनेछ भने सोही सत्रको सह अध्यक्षता भाजपाका विदेश विभाग प्रमुख चोथाइवालेले गर्नुहुनेछ ।

उक्त सत्रमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भगतसिंह तोला, शैलेन्द्र खनाल लगायत वक्ता रहनुभएको बताइएको छ । चौथाइवाले प्रधानमन्त्री प्रचण्डलगायत शीर्ष नेताहरूलाई भेटेर दिल्ली फर्किने कार्यक्रम रहेको बताइएको छ ।