५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘संसद्मा प्रधानमन्त्री हराएको सूचना’



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले संसद्मा प्रधानमन्त्री हराएको सूचना सुनाउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएपछि सांसद पन्तले व्यङ्ग्य गर्दै प्रधानमन्त्री हराएको सूचना सुनाउनुभएको हो ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उहाँले प्रहरीले मानिस हराएको सूचना निकाल्ने शैलीमा संसद्मा प्रधानमन्त्री हराएको सूचना पढ्नुभएको थियो ।

सूचना यस्तो छ–
नागरिकताको नाम– श्री पुष्पकमल दाहाल
चलन चल्तीको नाम– प्रचण्ड
स्थायी ठेगाना– फेरिराख्ने
अस्थायी ठेगाना– कहिले खुमलटार, कहिले बालुवाटार ।
हुलिया– पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरासुरुवाल र टोपी लगाउने, उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने । उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसद्मा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाऊ ।




भर्खरै