१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निष्काशित २१७ कर्मचारीलाई रोजगारीमा निरन्तरता दिन टेलिकममा धर्ना



अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमबाट निष्काशित २१७ जना प्राविधिक कर्मचारीहरुको रोजगारीमा निरन्तरता हुनुपर्ने भन्दै टेलिकमको केन्द्रीय कार्यालयअगाडि धर्ना दिइएको छ ।

अखिल नेपाल संघ संस्था, संचार तथा छापाखाना श्रमीक संघ, नेपाल टेलिकम मूलइकाई समितिले गत मंसिर २ गते टेलिकमसमक्ष राखिएका माग पूरा गर्न धर्ना दिएको हो ।

श्रम ऐन २०७४, श्रम नियमावली २०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन २०७४ मा भएका सेवा, सर्त र सुविधाहरुको उचित कार्यान्वयन गर्न, स्वामित्व परिवर्तन हुँदा पनि मुख्य रोजगारदातासँगको श्रम सम्बन्ध यथावत रहनुपर्ने व्यवस्था कायम गर्न, ४० वर्षे उमेरहद र लैंगिक विभेद गरी श्रम गर्नबाट वञ्चित गराइएका श्रमिक कर्मचारीहरुलाई यथाशीघ्र पुनस्र्थापित गर्न र एक दिन कार्यालयमा अनुपस्थित हुँदा १।५ ९साढे एक दिन० बराबरको पारिश्रमिक कट्टा गर्ने व्यवस्था खारेज गर्न माग गरिएको थियो ।