२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कबड्डी’का बिके अर्थात विजय बराललाई पुत्रलाभ



अ+ अ-

काठमाडौं । फिल्म ‘कबड्डी’को चर्चित पात्र बिकेका पात्र निभाएका अभिनेता विजय बराललाई पुत्रलाभ भएको छ । पत्नी प्रमिलाले आइतबार काठमाडौं मोडल अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् ।

पुत्रलाभ भएपछि बरालले आफ्नो सामाजिक सञ्जालमा खुशी साट्दै लेखेका छन, ‘दु:ख लुकाउनु, खुशी साट्नु भन्छन् । त्यस्तै केही गरियो । घरमा नयाँ सदस्यको आगमन ।’

तीन वर्षअघि लकडाउनको समयमा विजय र प्रमिला विवाह बन्धनमा बाँधिएका थिए । बिकेको पात्रले परिचित बरालले हलमा प्रदर्शन भइरहेको चलचित्र ‘जारी’मा पनि मंगल सिंहका पात्र निभाएका छन् । उनले पशुपतिप्रसाद, कबड्डी कबड्डी कबड्डी, मिस्टर झोलेलगायतका चर्चित चलचित्रहरुमा काम गरेका छन् ।