९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेती नदीको जोखिम क्षेत्रमा तारबारसहितको आवश्यक व्यवस्था मिलाउन माग



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले पोखरास्थित सेती नदीको जोखिम क्षेत्रमा मानवीय क्षति नहुने गरी तारबारसहितको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गर्नु भएको छ ।

आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले हिजो (शनिबार) पनि सेती नदीको खोजमा परी स्थानीय १२ वर्षीया बालिका स्मृति पराजुलीको ज्यान गएको दुखद् घटनाबारे संसदमा जानकारी गराउँदै त्यहाँको जोखिम क्षेत्रमा तारबारसहितको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको हो ।

त्यसका लागि सरकारले विज्ञहरुले दिएको सुझाव अनुसार त्यहाँको सुख्खा पहिरो नियन्त्रणका लागि पनि तत्काल योजना बनाएर काम गर्नुपर्ने उहाँको भनाई थियो । सांसद भट्टराईले भूगर्भविद्हरुले सेती नदीको कारण ठूलै क्षति हुन सक्ने औंल्याएको उल्लेख गर्दै सरकारले उनीहरुले दिएको सुझाव अनुसार त्यसको संरक्षणमा लाग्नुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘हिजो पोखरामा दुखद घटना घटेको छ । सेती नदी पोखराको सुन्दरता हो । यसको खोँचमा धेरै नागरिकहरुको जीवनको क्षति भएको छ । हिजो ३ बजेतिर खेलीरहेका बेला १५ नम्बर वडा अवस्थित सिताराम हाउजिङ नजिकै स्मृति पराजुलीको सेती खोचमा परेर उहाँले आफ्नो जीवन गुमाउनु परेको छ । म १२ वर्षीया स्मृति पराजुलीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । उहाँको आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु ।

धेरै पटक सेती नदीलाई संरक्षण गर्नका लागि योजना बनाउनु पर्छ भनेर संसदमा पटकपटक आवाज उठाईको छ । खासगरी पोखराका भूगर्भविद्हरुले अध्ययन गर्दा सेती नदीले भोली जुनसुकै खालका दूर्घटना पुर्‍याउन सक्ने खतरा छ भन्ने ध्यानाकर्षण समेत सरकारलाई गराइएको छ । नागरिकहरुको जीवनलाई कहिलेसम्म क्षति पुर्‍याउने हो ? त्यो क्षतिलाई न्यूनिकरण गर्नका लागि सरकारले योजना बनाएर भोलीका दिनमा यस्ता क्षतिहरु हुन नदिनका लागि त्यो जोखिम क्षेत्र वरपर तारबार लगाउने, विज्ञहरुले भने अनुसार सुख्खा पहिरो जान नदिनका लागि विशेष व्यवस्था गर्न सुझाव दिनु भएको छ । त्यो सुझावलाई ग्र्र्रहण गर्दै योजना बनाउने काममा सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद भट्टराईले सरकारले विगतमा पनि आफूहरुले सो नदीको संरक्षणका लागि आवश्यक व्यवस्था मिलाउन गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो ।