२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना बढ्यो: समयमै शतर्कता अपनाउन चिकित्सकको सुझाव



अ+ अ-

काठमाडाैं । कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोनाबिरुद्धको खोप लगाउनेहरु संख्या बढ्न थालेको छ ।

पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरुको संख्या बढीरहेको छ । कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड १९ बिरुद्धको खोप लगाउनेहरुको उपस्थिति बाक्लिएको हो । केही दिन यता नेपालमा दनिक एक सयको हाराहारिमा संक्रमितहरु बढीरहेका छन् । यस बीचमा केही नागरिहरुको कोरोना भाइरसका कारण निधन भएको छ । तर कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेहरुमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले बताउनु भयो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले कोरोना भाइरस बढीरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु रहेको बताउनु भयो । उहाँले नेपालमा अहिले ९ वटा सबभेरियन्टहरु फेला परेको र जसमा आधा भन्दा धेरै नयाँ प्रजातीको रहेको बताउनु भयो । डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी.१.१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको उल्लेख गर्नुभयो । उहाँले यो सब भेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत संक्रमण फैलाइरहेको बताउनु भयो । कोरोना संक्रमण बढेसँगै अहिले काठमाडौंको शुक्रराज अस्पतालमा पनि कोरोना संक्रमितहरु बढ्दै गएका छन् । अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरु स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरु बढेको अस्पतालले जनाएको छ ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय कोरोना संक्रमित बढीरहेको देखिन्छ । केही हप्ताको तुलनामा र औषतमा झन्डै १०० को हाराहारीमा संक्रमितको संख्या दैनिक देखिने गरेको छ । केही व्यक्तिको मृत्यु भएको पनि छ । कोरोना भाइरस बढीरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु भन्ने गरिएको छ । जुन नेपालमा ९ वटा सबभेरियन्टहरु अहिले रहेको छ । आदि भन्दा बढी नयाँ नै देखिन्छ । एक्सबीबी.वान.१६ मुख्य मानिएको छ । कोरोना फैल्याउन । नेपालमा पनि ४२ प्रतिशत एउटा कारक मानिएको छ ।

भारतमा संक्रमण फैलिएको कारण पनि यही नै हो । यसको मतलव यो संक्रामक छ । तर संक्रामक हुँदाहुँदै पनि यो ओमिक्रोनकै सबभेरियन्ट भएकाले तुलनात्मक रुपमा डेल्टा त्यो भन्दा अघिको लहरमा देखिएको भेरियन्ट भन्दा कम घातक मान्ने गरिन्छ । आइसीयुमा जानुभएका र मृत्यु भएकाहरु ज्येष्ठ नागरिक र दीर्घरागीहरु हुनुहुन्छ । त्यसैले खोप नलगाएको भए लगाउनुहोस्, बुस्टर डोज दिइरहेको छ । यो ठूलो घातक नमानिएपनि यसले दीर्घरोगी र ज्येष्ठ नागरिकहरुलाई असर गर्नसक्छ, त्यसैले शतर्कता अपनाउन जरुरी छ । शतर्कता बेलैमा अपनाए मानविय क्षति कम हुन्छ । मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ, हातको सरसफाई राम्रोसँग बेलाबेलामा गर्नुपर्ने हुन्छ ।’

डा.पुनले कोरोनाको बुस्टर मात्रा नलगाएकाहरुले बेलैमा बुस्टर लगाउन पनि आग्रह गर्नुभयो । उहाँले कोरोना संक्रमणलाई थप बिस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाई राम्रोसँग गर्न पनि सुझाव दिनुभयो । उहाँले बेलैमा स्वास्थ्यका मापदण्डसहित शतर्कता अपनाए थप क्षति व्यहोर्न नपर्ने बताउनु भयो ।