२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना बढ्यो: समयमै शतर्कता अपनाउन चिकित्सकको सुझाव



अ+ अ-

काठमाडाैं । कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोनाबिरुद्धको खोप लगाउनेहरु संख्या बढ्न थालेको छ ।

पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरुको संख्या बढीरहेको छ । कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड १९ बिरुद्धको खोप लगाउनेहरुको उपस्थिति बाक्लिएको हो । केही दिन यता नेपालमा दनिक एक सयको हाराहारिमा संक्रमितहरु बढीरहेका छन् । यस बीचमा केही नागरिहरुको कोरोना भाइरसका कारण निधन भएको छ । तर कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेहरुमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले बताउनु भयो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले कोरोना भाइरस बढीरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु रहेको बताउनु भयो । उहाँले नेपालमा अहिले ९ वटा सबभेरियन्टहरु फेला परेको र जसमा आधा भन्दा धेरै नयाँ प्रजातीको रहेको बताउनु भयो । डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी.१.१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको उल्लेख गर्नुभयो । उहाँले यो सब भेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत संक्रमण फैलाइरहेको बताउनु भयो । कोरोना संक्रमण बढेसँगै अहिले काठमाडौंको शुक्रराज अस्पतालमा पनि कोरोना संक्रमितहरु बढ्दै गएका छन् । अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरु स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरु बढेको अस्पतालले जनाएको छ ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय कोरोना संक्रमित बढीरहेको देखिन्छ । केही हप्ताको तुलनामा र औषतमा झन्डै १०० को हाराहारीमा संक्रमितको संख्या दैनिक देखिने गरेको छ । केही व्यक्तिको मृत्यु भएको पनि छ । कोरोना भाइरस बढीरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु भन्ने गरिएको छ । जुन नेपालमा ९ वटा सबभेरियन्टहरु अहिले रहेको छ । आदि भन्दा बढी नयाँ नै देखिन्छ । एक्सबीबी.वान.१६ मुख्य मानिएको छ । कोरोना फैल्याउन । नेपालमा पनि ४२ प्रतिशत एउटा कारक मानिएको छ ।

भारतमा संक्रमण फैलिएको कारण पनि यही नै हो । यसको मतलव यो संक्रामक छ । तर संक्रामक हुँदाहुँदै पनि यो ओमिक्रोनकै सबभेरियन्ट भएकाले तुलनात्मक रुपमा डेल्टा त्यो भन्दा अघिको लहरमा देखिएको भेरियन्ट भन्दा कम घातक मान्ने गरिन्छ । आइसीयुमा जानुभएका र मृत्यु भएकाहरु ज्येष्ठ नागरिक र दीर्घरागीहरु हुनुहुन्छ । त्यसैले खोप नलगाएको भए लगाउनुहोस्, बुस्टर डोज दिइरहेको छ । यो ठूलो घातक नमानिएपनि यसले दीर्घरोगी र ज्येष्ठ नागरिकहरुलाई असर गर्नसक्छ, त्यसैले शतर्कता अपनाउन जरुरी छ । शतर्कता बेलैमा अपनाए मानविय क्षति कम हुन्छ । मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ, हातको सरसफाई राम्रोसँग बेलाबेलामा गर्नुपर्ने हुन्छ ।’

डा.पुनले कोरोनाको बुस्टर मात्रा नलगाएकाहरुले बेलैमा बुस्टर लगाउन पनि आग्रह गर्नुभयो । उहाँले कोरोना संक्रमणलाई थप बिस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाई राम्रोसँग गर्न पनि सुझाव दिनुभयो । उहाँले बेलैमा स्वास्थ्यका मापदण्डसहित शतर्कता अपनाए थप क्षति व्यहोर्न नपर्ने बताउनु भयो ।