२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएसजीको जितमा मेसी र एम्बाप्पेको गोल



अ+ अ-

एजेन्सी । फ्रेन्च फुटबल लिग वान अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा पिएसजीले आरसी लेन्सलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीलाई जित दिलाउन किलियन एम्बापे, भिटिन्हा र लियोनल मेसीले एक–एक गोल गरे । लेन्सका फ्रांकोस्कीले एक गोल फर्काए । उनले खेलको ६० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

यता, १९ औं मिनेटमा नै सालिस अब्दुल समेदले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो ।

खेलको ३१ औं मिनेटमा एम्बापेले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा भिटिन्हा र ४० औं मिनेटमा मेसीले गोल गर्दा पिएसजीले पहिलो हाफमै तिन गोल गरेको हो ।

जितसँगै पिएसजी ३१ खेलबाट ७२ अंकका साथ शीर्षस्थानमा यथावत छ । समान खेलबाट ६३ अंकका साथ लेन्स दोस्रो स्थानमा रहेको छ ।




भर्खरै