• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

टोटेनहमविरुद्ध बर्नमाउथको रोमाञ्चक जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहम पराजित भएको छ । शनिबार राति सम्पन्न खेलमा टोटेनहम बर्नमाउथसँग आफ्नै घरेलु मैदानमा ३–२ गोलले स्तब्ध बनेको हो ।

खेलमा सुरुवाती अग्रता भने टोटेनहमले लिएको थियो । १४ औं मिनेटमा सन हेउंग मिनले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा मासियस भिनाले गोल गर्दै बर्नमाउथलाई १–१ गोलको बराबरीमा ल्याए ।

५१ औं मिनेटमा डोमिनिच सोलान्केले गोल गर्दै बर्नमाउथलाई २–१ ले अघि बढाए । यता, ८८ औं मिनेटमा अर्माउट डान्जुमाले गोल गर्दै टोटेनहमलाई २–२ को बराबरीमा ल्याए । रोमाञ्चक बनेको खेलको इन्जुरी समयमा ९०+५ मिनेटमा डांगो क्वाटाराले गोल गर्दै बर्नमाउथलाई ३–२ गोलले जित दिलाए ।

यो नतिजासँगै ३१ खेलबाट ५३ अंकका साथ टोटेनहम तालिकाको ५ औं स्थानमा छ । बर्नमाउथ समान खेलबाट ३३ अंकका साथ १४ औं स्थानमा छ ।