२२ असार २०८३, सोमबार
,
Latest
संस्थापन इतर पक्षले खोल्यो सम्पर्क कार्यालय, काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउने प्रतिबद्धता पारदर्शिताका नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार पूर्णतः अपरादर्शीः नेता आङदेम्बे संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : अध्यक्ष राई ७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल उल्टो जुत्ता लगाएर गन्तव्यमा पुगिँदैन, संविधान संशोधन प्रक्रिया अपरिपक्व छ : आङदेम्बे प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस् सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ काँग्रेसको प्रश्नः यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको… एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२० : जर्मनीको शानदार पुनरागमन, आत्मघाती गोलले डुब्यो पोर्चुगल



अ+ अ-

म्युनिखः युइएफ युरो २०२० अन्तर्गत शनिबार राति भएको खेलामा डिफेन्डिङ च्याम्पियन पोर्चुगल जर्मनीसँग नाटकीय रुपमा पराजित भएको छ ।

जर्मनीको म्युनिखस्थित एलिआन्ज अरेनामा भएको खेलमा पोर्चुगलले जर्मनीलाई दुई आत्मघाती गोलको उपहार दिएको थियो । यी दुई गोलको मद्दतले समग्रमा जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गर्यो ।

निकै प्रतिस्पर्धात्मक एवं आक्रमण र प्रत्याक्रमणले भरिएको यस खेलमा पहिलो गोल भने पोर्चुगलले गरेर जर्मनीका घरेलु दर्शक एवं समर्थकलाई निराश पारिदिएको थियो ।

प्रत्याक्रमणमा भएको यो गोल पोर्चुगलका अन्तर्राष्ट्रिय फरवार्ड क्रिस्टियानो रोनाल्डोले १५औं मिनेटमा गरेका थिए । उनले बर्नाडो सिल्भाको क्रस पासमा सहज गोल गरेका थिए ।

एक गोलले पछि परेको जर्मनीले पोर्चुगलमाथि थप आक्रमण र दबाब सिर्जना गर्न छाडेन । यही क्रममा ३५ र ३९ औं मिनेटमा दुई आत्मघाती गोल भए । जर्मनीले सिर्जना गरेका राम्रा अवसरलाई छेक्ने खोज्नेक्रममा डिफेन्सहरुले बल क्लियर गर्दा गोल भएका थिए ।

पोर्चुगलबाट अनुभवी डिफेन्डरबाट भएका ती आत्मघाती गोलमध्ये पहिलो गोल रुबेन डायसले र दोस्रो गोल राफेल गुरेरोले गरेका थिए । यी दुई गोलको मद्दतले स्कोर २–१ भएपछि पोर्चुगल दबाबमा परेको थियो ।

जर्मनीले आक्रमणलाई अरु तिब्र बनाउँदै ५१ र ६० औं मिनेटमा दुई गोल गर्न सफल भयो । यी गोलहरु काई हाभर्ज र रोबिन गोसेन्सले गरेका थिए ।

तर पोर्चुगलका डिएगो जोटाले ६७ औं मिनेटमा रोनाल्डोको पासमा एक गोल थपे । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन ।

यो जितसँगै जर्मनीले गोल अन्तरका आधारमा समूहको दोस्रो स्थानमा उक्लेको छ । जर्मनीले २ खेलबाट ३ अंक बनाएको छ । पोर्चुगलको पनि समान ३ अंक छ । फ्रान्सले भने ४ अंक बनाएर पहिलो स्थानमा छ । हंगेरी १ अंक सहित चौथो स्थानमा रहेको छ ।

अंक तालिका
देश खेल संख्या अंक
फ्रान्स
जर्मनी
पोर्चुगल
हंगेरी 

यस समूहमा आगामी खेलहरु अझ रोचक हुने अनुमान गर्न सकिन्छ । तेस्रो तथा अन्तिम खेल जर्मनी र हंगेरी तथा पोर्चुगल र फ्रान्सबीच हुनेछ ।
––




भर्खरै