२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२० : जर्मनीको शानदार पुनरागमन, आत्मघाती गोलले डुब्यो पोर्चुगल



अ+ अ-

म्युनिखः युइएफ युरो २०२० अन्तर्गत शनिबार राति भएको खेलामा डिफेन्डिङ च्याम्पियन पोर्चुगल जर्मनीसँग नाटकीय रुपमा पराजित भएको छ ।

जर्मनीको म्युनिखस्थित एलिआन्ज अरेनामा भएको खेलमा पोर्चुगलले जर्मनीलाई दुई आत्मघाती गोलको उपहार दिएको थियो । यी दुई गोलको मद्दतले समग्रमा जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गर्यो ।

निकै प्रतिस्पर्धात्मक एवं आक्रमण र प्रत्याक्रमणले भरिएको यस खेलमा पहिलो गोल भने पोर्चुगलले गरेर जर्मनीका घरेलु दर्शक एवं समर्थकलाई निराश पारिदिएको थियो ।

प्रत्याक्रमणमा भएको यो गोल पोर्चुगलका अन्तर्राष्ट्रिय फरवार्ड क्रिस्टियानो रोनाल्डोले १५औं मिनेटमा गरेका थिए । उनले बर्नाडो सिल्भाको क्रस पासमा सहज गोल गरेका थिए ।

एक गोलले पछि परेको जर्मनीले पोर्चुगलमाथि थप आक्रमण र दबाब सिर्जना गर्न छाडेन । यही क्रममा ३५ र ३९ औं मिनेटमा दुई आत्मघाती गोल भए । जर्मनीले सिर्जना गरेका राम्रा अवसरलाई छेक्ने खोज्नेक्रममा डिफेन्सहरुले बल क्लियर गर्दा गोल भएका थिए ।

पोर्चुगलबाट अनुभवी डिफेन्डरबाट भएका ती आत्मघाती गोलमध्ये पहिलो गोल रुबेन डायसले र दोस्रो गोल राफेल गुरेरोले गरेका थिए । यी दुई गोलको मद्दतले स्कोर २–१ भएपछि पोर्चुगल दबाबमा परेको थियो ।

जर्मनीले आक्रमणलाई अरु तिब्र बनाउँदै ५१ र ६० औं मिनेटमा दुई गोल गर्न सफल भयो । यी गोलहरु काई हाभर्ज र रोबिन गोसेन्सले गरेका थिए ।

तर पोर्चुगलका डिएगो जोटाले ६७ औं मिनेटमा रोनाल्डोको पासमा एक गोल थपे । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन ।

यो जितसँगै जर्मनीले गोल अन्तरका आधारमा समूहको दोस्रो स्थानमा उक्लेको छ । जर्मनीले २ खेलबाट ३ अंक बनाएको छ । पोर्चुगलको पनि समान ३ अंक छ । फ्रान्सले भने ४ अंक बनाएर पहिलो स्थानमा छ । हंगेरी १ अंक सहित चौथो स्थानमा रहेको छ ।

अंक तालिका
देश खेल संख्या अंक
फ्रान्स
जर्मनी
पोर्चुगल
हंगेरी 

यस समूहमा आगामी खेलहरु अझ रोचक हुने अनुमान गर्न सकिन्छ । तेस्रो तथा अन्तिम खेल जर्मनी र हंगेरी तथा पोर्चुगल र फ्रान्सबीच हुनेछ ।
––