९ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहरी विकास मन्त्रालयमा ३ वर्षमा ७ मन्त्री फेरिए



अ+ अ-

काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको तीन वर्ष चार महिना पूरा भएको छ। सो अवधिमा प्रधानमन्त्रीले एउटा मन्त्रालयमा सातपटकसम्म मन्त्री फेरेका छन्। ओलीका पालामा अधिकांश मन्त्रालयमा पटकपटक मन्त्री फेरिएका छन्।

सबैभन्दा बढी मन्त्री फेरिएको मन्त्रालय सहरी विकास हो। २०७४ फागुन ४ देखि २०७५ जेठ १८ सम्म सो मन्त्रालय उनी आफैंले राखे। २०७५ जेठ १८ मा तत्कालीन समाजवादीका नेता इस्तियाक राईलाई सो मन्त्रालयको जिम्मेवार दिइयो। १८ महिनापछि २०७६ पुसमा राईले राजीनामा दिएपछि गोकुल बाँस्कोटा सहरी विकासमन्त्री भए ।

बाँस्कोटाले २०७६ फागुन ८ गते राजीनामा दिएपछि वसन्त नेम्वाङ उक्त मन्त्रालयको जिम्मेवारीमा आए । नेम्वाङपछि कृष्णगोपाल श्रेष्ठ सहरी विकासमन्त्री भए । त्यसपछि २०७७ असोजमा प्रभु साहले उक्त मन्त्रालयको जिम्मा लिए।

हाल राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालय सम्हालिरहेका छन्। ओलीलाई समेत जोड्दा तीन वर्ष चार महिनाको अन्तरालमा सहरी विकासमा सातपटक मन्त्री फेरिएका छन्। यो समाचारनागरिक दैनिकमा छ ।




भर्खरै