• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   हज समितिमा अनियमितता : सांसद अशिम शाह र पूर्व अध्यक्ष मियाँको भूमिका शंकास्पद ★   सरकारले सबैखाले विपदबाट क्षति भएका घरको पुनर्निर्माणका लागि अनुदान दिने ★   सन्दिप प्रकरण: आफू बिरुद्ध ‘नियोजित षडयन्त्र गर्नेलाई’ कानूनी दायरामा ल्याउने पारस खड्काको चेतावनी ★   लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान ★   कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह ★   पितापुर्खाको सीप पछ्याउँदै मह सिकार ★   संघ सरकारले कानून निर्माणमा ढिलाइ गर्दा प्रदेशमा कानून कार्यान्वयनमा समस्या आयोः मन्त्री लेखी ★   भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन ★   पाठेघरको अप्रेशनका क्रममा सिकारु डाक्टरले लापरबाही गरी दुवै पिसाब नली काटिदिएको पीडितको आरोप ★   गृहसचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन

हजारौँको भीडमा विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो उठाइयो



भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो आज राति ७ बजेर ४० मिनेटमा उठाइएको छ । स्थानीयवासीले ग:हिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिंखेलमा पुर्‍याएपछि हजारौँको भीडका बीचमा करिब चार घण्टाको अथक प्रयास पछि लिङ्गो ठड्याइएको हो ।

पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी उठाइएको हो । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा ९टुप्पो० मा नाग र नागिनीको प्रतीकस्वरूप दुई वटा विश्व ध्वजा बाँधेर अष्ट मातृकाका प्रतीक आठ डोरीले तानेर उक्त लिङ्गो उठाइएको हो । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो उठाइएको हो ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुई वटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाश भैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।

लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको संस्कृतविद ओम धौभडेल बताउनुहुन्छ ।

आज रातभर र भोलि वैशाख १ गते दिनभर लिङ्गोलाई भैरवको प्रतीक मानेर स्थानीयवासीले बिहानैदेखि पूजा गरी बलि दिने गर्दछन् । दिनभर लिङ्गो जात्रा हेर्न देश विदेशका हजारौँ मानिसको भीड लाग्ने गर्दछ । वैशाख १ गते दिनभर जात्रा गरेर साँझ १० कर्म विधि एवं तान्त्रिक विधिअनुरूप पूजा गरेर लिङ्गो ढाल्ने गरिन्छ ।

यसअघि आज बिहान भक्तपुरको पोटरी स्क्वायरस्थित कुमालेटोलमा स्थानीयवासीले हात नभएको लिङ्गो उठाएका छन् । यता मध्यपुर थिमिको महालक्ष्मी मन्दिर अगाडि पनि थिमिका बासिन्दाले आज बिहान लिङ्गो उठाएका छन् । यहाँ लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिको व्रत सुरु हुने र आगामी वैशाख २ गते जिब्रो छेडेपछि मात्रै व्रत समाप्त हुने परम्परा रहेको छ । रासस