२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

हजारौँको भीडमा विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो उठाइयो



अ+ अ-

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो आज राति ७ बजेर ४० मिनेटमा उठाइएको छ । स्थानीयवासीले ग:हिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिंखेलमा पुर्‍याएपछि हजारौँको भीडका बीचमा करिब चार घण्टाको अथक प्रयास पछि लिङ्गो ठड्याइएको हो ।

पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी उठाइएको हो । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा ९टुप्पो० मा नाग र नागिनीको प्रतीकस्वरूप दुई वटा विश्व ध्वजा बाँधेर अष्ट मातृकाका प्रतीक आठ डोरीले तानेर उक्त लिङ्गो उठाइएको हो । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो उठाइएको हो ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुई वटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाश भैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।

लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको संस्कृतविद ओम धौभडेल बताउनुहुन्छ ।

आज रातभर र भोलि वैशाख १ गते दिनभर लिङ्गोलाई भैरवको प्रतीक मानेर स्थानीयवासीले बिहानैदेखि पूजा गरी बलि दिने गर्दछन् । दिनभर लिङ्गो जात्रा हेर्न देश विदेशका हजारौँ मानिसको भीड लाग्ने गर्दछ । वैशाख १ गते दिनभर जात्रा गरेर साँझ १० कर्म विधि एवं तान्त्रिक विधिअनुरूप पूजा गरेर लिङ्गो ढाल्ने गरिन्छ ।

यसअघि आज बिहान भक्तपुरको पोटरी स्क्वायरस्थित कुमालेटोलमा स्थानीयवासीले हात नभएको लिङ्गो उठाएका छन् । यता मध्यपुर थिमिको महालक्ष्मी मन्दिर अगाडि पनि थिमिका बासिन्दाले आज बिहान लिङ्गो उठाएका छन् । यहाँ लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिको व्रत सुरु हुने र आगामी वैशाख २ गते जिब्रो छेडेपछि मात्रै व्रत समाप्त हुने परम्परा रहेको छ । रासस