२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पताल हिँडेकी महिला सामुदायिक वनमा मृत फेला



अ+ अ-

डडेलधुरा । डडेलधुरामा २६ वर्षीया महिला सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी छिन् । 

पर्शुराम नगरपालिका-८ गुम्तिगडा घर भएकी २६ वर्षीया अस्मिता देवी धामी घट्यानी सामुदायिक वनमा शनिवार मृत अवस्थामा भेटिएकी हुन् ।

उनी गत बुधवार जोगबुढा अस्पताल हिडेकी थिइन् । तर अस्पताल पनि नपुगेकी र घरमा पनि नआएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेलधुरा र ईलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त वनमा उनलाई मृत अवस्थामा फेला पारेको हो । 

उनको हत्या भएको वा आत्महत्या हो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।