२२ असार २०८३, सोमबार
,
Latest
बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’ स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री नेप्से परिसूचक २६ अङ्कले घट्यो आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ :  श्रम मन्त्री… काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पताल हिँडेकी महिला सामुदायिक वनमा मृत फेला



अ+ अ-

डडेलधुरा । डडेलधुरामा २६ वर्षीया महिला सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी छिन् । 

पर्शुराम नगरपालिका-८ गुम्तिगडा घर भएकी २६ वर्षीया अस्मिता देवी धामी घट्यानी सामुदायिक वनमा शनिवार मृत अवस्थामा भेटिएकी हुन् ।

उनी गत बुधवार जोगबुढा अस्पताल हिडेकी थिइन् । तर अस्पताल पनि नपुगेकी र घरमा पनि नआएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेलधुरा र ईलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त वनमा उनलाई मृत अवस्थामा फेला पारेको हो । 

उनको हत्या भएको वा आत्महत्या हो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।