२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको असल प्रतिनिधि भएर सेवा गर्न चाहन्छु – रामप्रसाद न्यौपाने



अ+ अ-

चितवन । प्रतिनिधि सभा सदस्यका लागि चितवन निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले आफूले जनताको असल प्रतिनिधि भएर सेवा गर्न चाहेको वताउनुभएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १ मा बुधबार गरिएको घरदैलोका क्रममा उम्मेदवार न्यौपानेले नेकपा (एमाले) ले देश र जनताका पक्षमा दूरगामी महत्व राख्ने काम गर्ने वताउँदै आफूले पनि समाजमा राम्रो काम गरेर असल जनप्रतिनिधि बन्न चाहेको बताउनुभयो ।

रामनगरमा घरदैलोपछि सम्बोधन गर्दै यसअघि निर्वाचिन सांसदले रामनगरमा एक महिनाभित्रै खानेपानी ल्याउने भनेर बाचा गरेको भए पनि रामनगरका जनताको खानेपानीको समस्या समाधान नभएको वताउँदै न्यौपानेले नेकपा (एमाले) का तत्कालीन सांसद कृष्णभक्त पोखरेलको पालामा खानेपानी योजनाका लागि छुट्याइएको बजेट आफू निर्वाचित भएर गएपछि कार्यान्वयन गरी खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

न्यौपानेले वडा नम्बर १ मा खानेपानीसहित बाटोघाटोको समस्या रहेको भन्दै समाधानका लागि भूमिका निर्वाह गर्ने वताउनुभयो । समाजमा विकृति सिर्जना गर्ने खालका गतिविधि सिध्याएर छोड्ने न्यौपानेको भनाइ छ ।

जनताका समस्याहरूमा एमाले निरन्तर लड्दै आइरहेको र पछिल्लो समय सरकारले वृद्धभत्ता कटौति गर्न खोजेको आफूले सुनेको भन्दै न्यौपानेले ज्येष्ठ नागरिकहरूको सम्मानका लागि प्रदान गरिएको यो भत्ता कसैले काट्न खोजे ज्येष्ठ नागरिकको श्राप लाग्ने बताउनुभयो ।

वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले) चितवनले चुनावी घरदैलो कार्यक्रमलाई तीव्ररुपमा अघि बढाइरहेको छ । चुनावी घरदैलोका क्रममा आज भरतपुरको वडा नं १ र २ का विभिन्न स्थानमा कोणसभासमेत गरेको छ ।

घरदैलोका क्रममा उम्मेदवार न्यौपानेको साथमा पार्टीका नेताहरू देवी ज्ञवाली, विजय सुवेदी, कृष्णभक्त पोखरेल, यमबहादुर परियार, पुरुषोत्तम न्यौपाने, नारायणप्रसाद अधिकारीलगायत स्थानीय नेता तथा कार्यकर्ताहरू सहभागी भइरहनुभएको छ ।




भर्खरै