२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको असल प्रतिनिधि भएर सेवा गर्न चाहन्छु – रामप्रसाद न्यौपाने



अ+ अ-

चितवन । प्रतिनिधि सभा सदस्यका लागि चितवन निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले आफूले जनताको असल प्रतिनिधि भएर सेवा गर्न चाहेको वताउनुभएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १ मा बुधबार गरिएको घरदैलोका क्रममा उम्मेदवार न्यौपानेले नेकपा (एमाले) ले देश र जनताका पक्षमा दूरगामी महत्व राख्ने काम गर्ने वताउँदै आफूले पनि समाजमा राम्रो काम गरेर असल जनप्रतिनिधि बन्न चाहेको बताउनुभयो ।

रामनगरमा घरदैलोपछि सम्बोधन गर्दै यसअघि निर्वाचिन सांसदले रामनगरमा एक महिनाभित्रै खानेपानी ल्याउने भनेर बाचा गरेको भए पनि रामनगरका जनताको खानेपानीको समस्या समाधान नभएको वताउँदै न्यौपानेले नेकपा (एमाले) का तत्कालीन सांसद कृष्णभक्त पोखरेलको पालामा खानेपानी योजनाका लागि छुट्याइएको बजेट आफू निर्वाचित भएर गएपछि कार्यान्वयन गरी खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

न्यौपानेले वडा नम्बर १ मा खानेपानीसहित बाटोघाटोको समस्या रहेको भन्दै समाधानका लागि भूमिका निर्वाह गर्ने वताउनुभयो । समाजमा विकृति सिर्जना गर्ने खालका गतिविधि सिध्याएर छोड्ने न्यौपानेको भनाइ छ ।

जनताका समस्याहरूमा एमाले निरन्तर लड्दै आइरहेको र पछिल्लो समय सरकारले वृद्धभत्ता कटौति गर्न खोजेको आफूले सुनेको भन्दै न्यौपानेले ज्येष्ठ नागरिकहरूको सम्मानका लागि प्रदान गरिएको यो भत्ता कसैले काट्न खोजे ज्येष्ठ नागरिकको श्राप लाग्ने बताउनुभयो ।

वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले) चितवनले चुनावी घरदैलो कार्यक्रमलाई तीव्ररुपमा अघि बढाइरहेको छ । चुनावी घरदैलोका क्रममा आज भरतपुरको वडा नं १ र २ का विभिन्न स्थानमा कोणसभासमेत गरेको छ ।

घरदैलोका क्रममा उम्मेदवार न्यौपानेको साथमा पार्टीका नेताहरू देवी ज्ञवाली, विजय सुवेदी, कृष्णभक्त पोखरेल, यमबहादुर परियार, पुरुषोत्तम न्यौपाने, नारायणप्रसाद अधिकारीलगायत स्थानीय नेता तथा कार्यकर्ताहरू सहभागी भइरहनुभएको छ ।