२१ मंसिर २०८२, आईतवार
,
Latest
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली नयाँ वर्षमा माल्टामा उत्सव, तीन स्थानमा सांगितिक कार्यक्रम, पर्यटन प्रवर्द्वनको अपेक्षा



अ+ अ-

काठमाडौं । कला, साहित्य, संगित र संस्कृति देशको पहिचान हो । सभ्यता मनमा बोकेर विदेशीएकाहरु पनि आफ्नो संस्कार र संस्कृतिलाई बचाउन कति मेहनत गर्छन् भन्ने उदाहरण बन्दैछ एनआरएनए माल्टा र त्यहाँका नेपालीहरुले स्थापना गरेका विभिन्न सामाजिक संघसंस्थाहरु ।

युरोपेली मुलुक माल्टामा नेपाली नयाँ वर्ष लागिसकेको छ । माल्टामा रहेका गैरआवासीय नेपालीहरु आउँदो २०८० लाई भब्य बनाउनका लागि जुटिसकेका छन् । आगामी बैशाख १ गते अर्थात् अप्रिल १४ तारिखका दिन माल्टामा एनआरएनएको आयोजनामा सांगितिक कार्यक्रमको भब्य तयारी भएको छ ।

गैर आवासीय नेपाली संघ माल्टाका अध्यक्ष भुवन अर्यालका अनुसार एनआरएनए माल्टासहित तीन संस्थाले फरक फरक दिन विविध कार्यक्रम गरि नेपाली नयाँ वर्ष मनाउँदै छन् । अप्रिल १४ मा साँझ ७ बजे The Water Front Hotel Sliema मा भब्य सांगितिक समारोह हुँदै छ । कार्यक्रमको संयोजन संस्थाका सचिव रामप्रसाद भण्डारीले गर्नेछन् ।

चर्चित गायक धिरज राइ र तुल्सी सिवाकोटीसहितको बेजोड प्रस्तुती रहने उक्त कार्यक्रममा नेपालको कला संस्कृति झल्काउनेगरी कर्यक्रम गरिने छ । माल्टामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव र एकताको उदेश्यसहित कार्यक्रम राखिएको अर्यालले जानकारी दिए । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

यस्तै अप्रिल १६ मा नेपाल माल्टा च्यारिटी अर्गनाइजेसनले भेलेत्तामा नेपाल डे मनाउँदै छ । कार्यक्रम मार्फत् नेपाली मौलिक कला, साँस्कृतिक रितिरिवाज प्रदर्शन गरिने छ । कार्यक्रमका मार्फत् नेपालको पर्यटन प्रवर्द्वनमा सहयोग पुग्ने एनआरएन अध्यक्ष अर्याल बताउँछन् ।

नेपालको पुरातन संस्कृति र सभ्यतासँग जोडिएका विषय माल्टामा प्रचार हुने भएकाले कार्यक्रमलाई सफल बनाउन एनआरएनए माल्टाले अपिल समेत गरेको अर्यालले जानकारी दिए । कार्यक्रम  Valletta Water Fountain मा साँझ ४ बजे शुरु हुने छ ।

यस्तै अप्रिल २९ मा झापाली समाज माल्टाले पनि चर्चित कलाकार राजेस पायल राई (यो यो) सहितको सहभागितामा सांगितिक कार्यक्रम आयोजना गरेको अध्यक्ष अर्यालले जानकारी दिए । यस अघि विविध सामाजिक काममा सक्रिय झापाली समाजले पहिलो पटक सांगितिक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम Orpheum Theatre Gzira Malta मा साँझ ६ बजे शुरु हुने छ ।

पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले सबै कार्यक्रमहरुको आ-आफ्नै उदेश्य रहेको बताउँदै नेपाली समुदायले गरेको कार्यक्रम सबैको साझा भएको बताए । माल्टालाई कर्मथलो बनाएका सबै नेपालीबीच हातेमालोको आवश्यकता रहेको बताउँदै अर्यालले एनआरएनए माल्टाले सबै कार्यक्रम सफल बनाउन साथ दिने बताए ।