२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा जारी निषेधाज्ञा एक साता थप



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाताका लागि लम्बाइएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा न्युनिकरणका लागि एक साता निषेधाज्ञा थपिएको हो ।

आइतबार बसेको काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रजिअहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । 

काठमाडौँ, भक्तपुर र ललितपुरमा भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई थप गरिएको हो ।

थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ ।

यद्यपी, थपिएको निषेधाज्ञा अवधिमा केही क्षेत्रलाई भने खुकुलो बनाइएको छ ।