२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा जारी निषेधाज्ञा एक साता थप



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाताका लागि लम्बाइएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा न्युनिकरणका लागि एक साता निषेधाज्ञा थपिएको हो ।

आइतबार बसेको काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रजिअहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । 

काठमाडौँ, भक्तपुर र ललितपुरमा भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई थप गरिएको हो ।

थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ ।

यद्यपी, थपिएको निषेधाज्ञा अवधिमा केही क्षेत्रलाई भने खुकुलो बनाइएको छ ।