२१ मंसिर २०८२, आईतवार
,
Latest
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोगिन्दरसँगै मुखियाजी भनेर बोलाउँछन्: हास्य कलाकार शिवशङ्कर



अ+ अ-

काठमाडौँ । टेलिभिजनमार्फत ‘जोगिन्दर’को उपनामले परिचित हास्यकलाकार शिवशङ्कर रिजालले नयाँ नाम ‘मुखियाजी’ पाउनुभएको छ । विशेषत: तराईमा अध्यक्षलाई मुखिया भन्ने गरिन्छ । जोगिन्दर र पानवाला भनेर चिनिनुभएका हास्य कलाकार रिजालले मुखियाको नाममा नयाँ टेलिभिजन शो बनाउनु भएपछि दर्शकबाट नयाँ उपनाम पाएको बताउनुभयो ।

“महोत्सवमा सहभागी हुँदा जोगिन्दर भनेर सम्बोधन गर्नुहुन्छ । विशेषत: तराईमा जाँदा मुखियाजी भन्नुहुन्छ । यी नामले सम्बोधित हुँदा खुसी लाग्छ । किनकी यी पात्रलाई बनाउन निकै मेहनत लागेको छ”, उहाँले रिजालले भन्नुभयो ।

जोगिन्दरको उपनाम उहाँले छोटो चलचित्रमार्फत पाउनुभएको हो । निर्देशक आशिफ शाहले निर्देशन गर्नुभएको एक छोटो चलचित्रमा उहाँले पान पसलेको भूमिका निर्वाह गर्नुभएको थियो । “महोत्सवमा त्यो छोटो चलचित्र प्रथम भयो । मेरो भूमिका रुचाइयो । त्यसपछि मैले त्यही चरित्रलाई टेलिभिजन शो र महोत्सवमा प्रयोग गरेँ”, उहाँले भन्नुभयो ।

सर्लाहीका बासिन्दा हास्य कलाकार रिजालले तराईकै पात्रलाई आफूमार्फत प्रस्तुत गर्ने गर्नुहुन्छ । उहाँले भन्नुभयो, “मैले गर्ने प्रहसनले मनोरञ्जनसँगै सन्देश पनि दिन्छ । जे जस्तो चरित्रलाई हेर्दै हुर्किएँ त्यसलाई नै प्रस्तुत गर्ने गरेको छु ।”

तराईमा मुखियाको आफ्नो छुट्टै मानसम्मान हुन्छ । “पात्रलाई टेलिभिजनसँगै बाहिर पनि प्रयोग गरिरहेको छु । यद्यपि जोगिन्दरलाई पनि छाडेको छैन ।” जोगिन्दरको चरित्रलाई जीवित राख्दै मुखियाजीमार्फत कला यात्रालाई अगाडि बढाउने योजनामा रहेका हास्य कलाकार रिजालले विज्ञापन, म्युजिक भिडियो र चलचित्रमा अभिनय गर्नुभएको छ । रासस