१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोगिन्दरसँगै मुखियाजी भनेर बोलाउँछन्: हास्य कलाकार शिवशङ्कर



अ+ अ-

काठमाडौँ । टेलिभिजनमार्फत ‘जोगिन्दर’को उपनामले परिचित हास्यकलाकार शिवशङ्कर रिजालले नयाँ नाम ‘मुखियाजी’ पाउनुभएको छ । विशेषत: तराईमा अध्यक्षलाई मुखिया भन्ने गरिन्छ । जोगिन्दर र पानवाला भनेर चिनिनुभएका हास्य कलाकार रिजालले मुखियाको नाममा नयाँ टेलिभिजन शो बनाउनु भएपछि दर्शकबाट नयाँ उपनाम पाएको बताउनुभयो ।

“महोत्सवमा सहभागी हुँदा जोगिन्दर भनेर सम्बोधन गर्नुहुन्छ । विशेषत: तराईमा जाँदा मुखियाजी भन्नुहुन्छ । यी नामले सम्बोधित हुँदा खुसी लाग्छ । किनकी यी पात्रलाई बनाउन निकै मेहनत लागेको छ”, उहाँले रिजालले भन्नुभयो ।

जोगिन्दरको उपनाम उहाँले छोटो चलचित्रमार्फत पाउनुभएको हो । निर्देशक आशिफ शाहले निर्देशन गर्नुभएको एक छोटो चलचित्रमा उहाँले पान पसलेको भूमिका निर्वाह गर्नुभएको थियो । “महोत्सवमा त्यो छोटो चलचित्र प्रथम भयो । मेरो भूमिका रुचाइयो । त्यसपछि मैले त्यही चरित्रलाई टेलिभिजन शो र महोत्सवमा प्रयोग गरेँ”, उहाँले भन्नुभयो ।

सर्लाहीका बासिन्दा हास्य कलाकार रिजालले तराईकै पात्रलाई आफूमार्फत प्रस्तुत गर्ने गर्नुहुन्छ । उहाँले भन्नुभयो, “मैले गर्ने प्रहसनले मनोरञ्जनसँगै सन्देश पनि दिन्छ । जे जस्तो चरित्रलाई हेर्दै हुर्किएँ त्यसलाई नै प्रस्तुत गर्ने गरेको छु ।”

तराईमा मुखियाको आफ्नो छुट्टै मानसम्मान हुन्छ । “पात्रलाई टेलिभिजनसँगै बाहिर पनि प्रयोग गरिरहेको छु । यद्यपि जोगिन्दरलाई पनि छाडेको छैन ।” जोगिन्दरको चरित्रलाई जीवित राख्दै मुखियाजीमार्फत कला यात्रालाई अगाडि बढाउने योजनामा रहेका हास्य कलाकार रिजालले विज्ञापन, म्युजिक भिडियो र चलचित्रमा अभिनय गर्नुभएको छ । रासस




भर्खरै