२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अडिओ प्रकरण– केन्द्रीय समितिको बैठकअघि रविले ढाकासँग बेग्लै कुरा गर्दै



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति डोलप्रसाद अर्यालले अडिओ प्रकरणमा मुछिएका सांसद डा. ढाकाकुमार श्रेष्ठसँग छलफलमा बसेका छन् ।

केन्द्रीय समितिको बैठकअघि सभापति लामिछाने, उपसभापति अर्याल र सांसद श्रेष्ठसँग छुट्टै छलफलमा बसेका हुन्। अहिले उनीहरुबीचको बैठक जारी रहेको छ।

यस छलफल लगत्तै रास्वपाको बैठक सुरु हुने बताईएको छ । सांसाद ढाकाले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रकम मागेको अडियो सार्वजनिक भएको थियो । तर, ढाकाले भने उक्त अडियोको आवाज आफ्नो नभएको दाबी गरेका छन् ।

केन्द्रीय अनुशासन तथा आचरण समितिले मङ्गलबार सांसद ढाकाले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन सभापति लामिछानेलाई बुझाएको थियो ।