२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अडिओ प्रकरण– केन्द्रीय समितिको बैठकअघि रविले ढाकासँग बेग्लै कुरा गर्दै



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति डोलप्रसाद अर्यालले अडिओ प्रकरणमा मुछिएका सांसद डा. ढाकाकुमार श्रेष्ठसँग छलफलमा बसेका छन् ।

केन्द्रीय समितिको बैठकअघि सभापति लामिछाने, उपसभापति अर्याल र सांसद श्रेष्ठसँग छुट्टै छलफलमा बसेका हुन्। अहिले उनीहरुबीचको बैठक जारी रहेको छ।

यस छलफल लगत्तै रास्वपाको बैठक सुरु हुने बताईएको छ । सांसाद ढाकाले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रकम मागेको अडियो सार्वजनिक भएको थियो । तर, ढाकाले भने उक्त अडियोको आवाज आफ्नो नभएको दाबी गरेका छन् ।

केन्द्रीय अनुशासन तथा आचरण समितिले मङ्गलबार सांसद ढाकाले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन सभापति लामिछानेलाई बुझाएको थियो ।