८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहस्यमयी मरुभूमिः जहाँ गर्मी नभएर हिमपात हुन्छ



अ+ अ-

एजेन्सी । संसारमा धेरै प्रसिद्ध मरुभूमिहरू छन् । अफ्रिका महादेशको सहारा मरुभूमि, भारतको थार मरुभूमिबारे सधै चर्चा हुन्छ । तर संसारमा एउटा मरुभूमि यति सानो छ कि तपाईं यसलाई केही पाइलामा पार गर्न सक्नुहुन्छ । अत्यधिक गर्मी हुने तातो मरुभूमिको बारेमा तपाईले प्रायः सुन्नु भएको होला तर संसारमा एउटा यस्तो मरुभूमि छ जहाँ हिउँ पर्ने गर्दछ । यो थाहा पाएर तपाईलाई पत्यार नलाग्न सक्छ तर यो पूर्ण सत्य हो ।

संसारको यो सबैभन्दा सानो मरुभूमि क्यानडाको युकोनमा अवस्थित छ, जसको नाम कारक्रस डेजर्ट हो । प्रायः मरुभूमिमा टाढा–टाढासम्म बालुवा मात्रै देखिन्छ तर यो मरुभूमि यति सानो छ कि न त थकान लाग्छ, न पार गर्न सोच्नु पर्छ । यो मात्र एक वर्ग माइलको एक क्षेत्र मा स्थित छ । आज हामी संसारको सबैभन्दा सानो र अद्वितीय मरुभूमि बारे केहि रोचक कुराहरु बताउँछौं ।

संसारको सबैभन्दा सानो मरुभूमिको नाम कारक्रस भन्ने गाउँको नामबाट राखिएको हो । यो गाउँमा करिब ४५०० वर्ष पहिले मानिसहरुको बसोबास रहेको तथा धेरै गतिविधि हुने गरेको बताइन्छ । यहाँ अझै पनि मानिसहरुको बसोबास छ तर यो मरुभूमि कुनै रहस्य भन्दा कम छैन ।

यो मरुभूमि धेरै उचाईमा अवस्थित छ र यसको तापक्रम अन्य मरुभूमिको तुलनामा धेरै कम छ । यहाँ जाडो हुन्छ । सबैभन्दा अचम्मको कुरा के छ भने जाडो मौसममा भारी हिमपात हुन्छ । यहाँ ठूलो संख्यामा मानिसहरु घुम्न आउने गर्छन् । यो ठाउँ साहसिक खेल प्रेमीहरूको लागि उपयुक्त छ ।

यस्तो सानो मरुभूमि कसरी बन्यो ? यो प्रश्नको उत्तर आजसम्म कसैले पाउन सकेको छैन । कोही भन्छन् यहाँ ताल थियो, सुकेपछि मरुभूमि बन्यो । बालुवा हावाका कारण यो मरुभूमि बनेको पनि कतिपयको विश्वास छ । वैज्ञानिकहरूले पनि आजसम्म यसबारे समाधान गर्न सकेका छैनन् । यस मरुभूमिको बारेमा अझै अनुसन्धान भइरहेको छ ।




भर्खरै