२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिकालाई पहिलो बन्नैपर्छ भनेर मानसिक चिन्ता दिनु हुँदैन: गगन थापा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकाहरुलाई पहिलोको पछाडि दौडाउनु नहुने बताउनुभएको छ ।

बुधवार ललितपुरको शान्ति विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बालबालिकाहरुलाई पहिलोको पछाडि दाडाएर चिन्ता थुपार्नु नहुने बताउनुभएको हो ।

उहाँले बालबालिकाहरुलाई सानै कक्षामा पहिलो हुनुपर्छ भनेर दबाब दिइ चिन्ता पैदा गर्दा बालबालिकाहरुको मनस्थितिमा नकारात्मक प्रभाव पार्ने बताउनु भयो । उहाँले बालबालिकाहरुलाई जीवन रमाइलो छ र जीवनमा अझै धेरैकुरा सिक्न बाँकी छ भन्नेकुराका सिकाउन जरुरी रहेको बताउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘मलाई त तनाव छ छ, यसो बच्चाहरुलाई हेर्छु, मेरो ६ कक्षामा, ४ कक्षामा पढ्ने बच्चालाई तनाव छ, होमवर्क नसकेको तनाव कहिले के तनाव ? अब त्यो ४ कक्षाको बच्चालाई त जीवन भनेको रमाइलो हुन्छ, लाइफमा यो भन्दा पछि नयाँ कुरा सिक्नुपर्छ भन्ने हुन्छ । दौडिने कुरा सिकाउनुपर्छ तर दौडिँदै गर्दा लड्यो भने थचक्क बस्नु हुँदैन, फेरि उठ्नुपर्छ भनेर सिकाउनु पर्छ ।’

‘सधैँ दौडेर फस्र्ट हुनुपर्छ भनेर सिकाउनु भएन । पहिलोको पछाडि दौडिन सिकाउनु हुँदैन । कहिले काहीँ सेकेण्ड भएँ भनेर पनि चिन्ता हुन्छ, पहिलो हुन नसिकाउने भन्ने होइन तर त्यसकै पछि दौडाउनु हुँदैन । पहिलोको आशक्त बनाउनु भएन । काम गर्ने हो, नतिजा नियन्त्रणमा छैन भन्ने हो ।’

महामन्त्री थापाले विद्यार्थीहरुले आफ्नो सकेको अध्ययन गर्नमा ध्यान दिनुपर्ने पनि बताउनु भयो ।