२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।

पार्टीको पार्टीको अनुशासन आयोगले छानबिन गरी मंगलबार नै प्रतिवेदन बुझाएकोले बुधबार (आज) केन्द्रीय समिति बैठकबाट निर्णय हुने र बारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको जनाइएको छ ।

ढाका कुमारको अडियो प्रकरणबारे निर्णय गर्न रास्वपाको केन्द्रीय समिति बैठक दिउँसो २ बजे बस्दैछ । पार्टी कार्यालय बसुन्धरामा बस्ने सोही बैठकबाट निर्णय हुनेछ । त्यसपछि पत्रकार सम्मेलन गरिने छ ।

रास्वपाका सांसाद ढाका कुमारले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रकम मागेको अडियो सार्वजनिक भएको थियो । त्यसबारे छानबिन गर्ने जिम्मा रास्वपाले अनुशासन आयोगलाई जिम्मा दिएको थियो । ढाका कुमारले भने उक्त अडियोको आवाज आफ्नो नभएको दाबी गरेका छन् ।