९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसरी चिसियो देउवा–निधि सम्बन्ध ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष हुन् शेरबहादुर देउवा । देउवापछि संघको नेतृत्वमा विमलेन्द्र निधि पुगे । जनकपुरमा भएको संघको महाधिवेशनबाट पार्टी नेता बिपी कोइरालाको प्रस्तावमै निधि संघको अध्यक्ष बनेको कांग्रेस नेताहरू बताउँछन् ।

संघ हुँदै पार्टी राजनीतिमा सक्रिय रहेका देउवा र निधि सुरुमा कांग्रेसभित्रको फरक गुटमा थिए । देउवा कोइराला गुटसँग नजिक थिए भने निधि कृष्णप्रसाद भट्टराईसँग । तर पछि परिस्थितिले दुवै नेता एउटै समूहमा सहभागी भए ।  

कांग्रेसको २०५३ मा भएको महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाविरुद्ध चिरञ्जीवी वाग्लेले सभापतिमा उम्मेदवारी दिए । २०५१ मै कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहसहितका नेताहरूको प्रतिनिधित्व गर्दै कांग्रेसका ३६ सांसदले पार्टी नेता गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार गिराउन भूमिका खेलेका थिए । २०५७ को पोखरा महाधिवेशनमा फेरि गिरिजाप्रसाद कोइराला नै उम्मेदवार बन्ने भए ।

कोइरालाविरुद्ध भट्टराई पक्षबाट रामचन्द्र पौडेललाई सभापतिको प्रत्याशी बन्न आग्रह गरिएको बताउँदै निकट एक नेताले भने, ‘कोइरालाविरुद्ध उहाँ उम्मेदवार बन्न तयार नभएपछि शेरबहादुर देउवालाई हाम्रो समूहबाट सभापतिमा उम्मेदवार बनाएका हौं । त्यसपछि देउवा र निधि एउटै समूहमा मात्र होइन, एकअर्काको परिपूरकका रुपमा काम गर्दै आउनुभएको छ ।’

देउवालाई सभापतिदेखि अहिलेको अवस्थामा पुर्‍याउन र निधिलाई उपसभापतिसम्मको जिम्मेवारीमा पु¥याउन दुवैको महत्वपूर्ण सहयोग र भूमिका रहेको उनले बताए । पार्टीको १३औं महाधिवेशनपछि भने दुई नेताबीचको सम्बन्धमा बिस्तारै चिसोपन आउन थालेको जानकारी दिँदै निकट सदस्यले भने, ‘पुष्पकमल दाहाल नेतृत्व सरकारमा निधिजी उपप्रधान तथा गृहमन्त्री बन्नुभयो । त्यस बेला नेपाल प्रहरीको प्रमुख नियुक्तिलाई लिएर दुई नेताबीच करिबकरिब सम्बन्ध विच्छेदकै अवस्थामा पुगेको थियो ।’

सभापतिले अघि सारेको व्यक्तिलाई निधिले अस्वीकार गरेपछि बढेको चिसो निकटका नेताको समझदारीमा टुंग्याए पनि पहिले जस्तो आत्मीय बन्न नसकेको निकटहरूको बुझाइ छ । दुवैलाई एकअर्काको आवश्यकता रहेकाले एक ठाउँमा उभिए पनि पुरानै अवस्था नभएको बताउँदै उनले भने, ‘एक वर्षअघि निधिले सभापतिको उम्मेदवार बन्ने भन्दै देउवासँग सहयोग मागेपछि दुई नेताबीचको सम्बन्ध औपचारिक मात्र छ ।’ त्यसअघि हरेक निर्णय लिनुअघि देउवाले निधिसँग छलफल गर्ने गरेको जानकारी दिँदै उनले भने, ‘त्यसपछिका दिनमा उहाँ ९शेरबहादुर देउवा० ले निधिसँग सल्लाह होइन, दलीय र अन्य छलफलमा सकेसम्म साथै लिएर पनि जानुहुन्न ।’ 

देउवाले महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता रमेश लेखक, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई साथ लिने गरेको स्रोतको दाबी छ । यो समाचार नागरिक दैनिकमा छ ।




भर्खरै