२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : पेरुद्वारा कोलम्बिया २–१ ले पराजित



अ+ अ-

दक्षिण अमेरिकाको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिकामा पेरुले कोलम्बियालाई पराजित गरेर महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।

नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा पेरुका लागि सर्जियो पेनाले १७ औं मिनेटमा गोल गरेका थिए भने ६४ औं मिनेटमा पेरुलाई आत्मघाती गोल प्राप्त भएको थियो । कोलम्बियाका येरी मिनाले आत्मघाती गोल गरेका थिए ।

कोलम्बियाका लागि ५३औं मिनेटमा मिगेल बोर्जाले पेनाल्टी मार्फत गोल गरेका थिए ।

यो जितसँगै पेरु समूहमा तेस्रो स्थानमा उक्लेको छ । यो समूहमा पेरु सहित पाँच टिम छन् । ब्राजिल, कोलम्बिया, भेनेजुएला र इक्वेडर यस समूहमा छन् । दुई खेल खेलेको ब्राजिलले दुबै खेल जितेर ६ अंक बनाई पहिलो स्थानमा छ ।

कोलम्बिया ४ अंक, पेरु ३ अंक, भेनेजुएला २ अंक र इक्वेडर १ अंक सहित क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

सोमबार नै सम्पन्न अर्को खेलमा भेनेजुएला र इक्वेडरबीचको खेल २–२ गोल भई बराबरीमा टुङ्गिएको थियो ।