२२ असार २०८३, सोमबार
,
Latest
भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल उल्टो जुत्ता लगाएर गन्तव्यमा पुगिँदैन, संविधान संशोधन प्रक्रिया अपरिपक्व छ : आङदेम्बे प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस् सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ काँग्रेसको प्रश्नः यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको… एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत रास्वपाको नयाँ विधान : ‘राइट टु रिकोल’, ओपन लेजर र ३३ प्रतिशत महिला–युवा प्रतिनिधित्व अनिवार्य सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : पेरुद्वारा कोलम्बिया २–१ ले पराजित



अ+ अ-

दक्षिण अमेरिकाको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिकामा पेरुले कोलम्बियालाई पराजित गरेर महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।

नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा पेरुका लागि सर्जियो पेनाले १७ औं मिनेटमा गोल गरेका थिए भने ६४ औं मिनेटमा पेरुलाई आत्मघाती गोल प्राप्त भएको थियो । कोलम्बियाका येरी मिनाले आत्मघाती गोल गरेका थिए ।

कोलम्बियाका लागि ५३औं मिनेटमा मिगेल बोर्जाले पेनाल्टी मार्फत गोल गरेका थिए ।

यो जितसँगै पेरु समूहमा तेस्रो स्थानमा उक्लेको छ । यो समूहमा पेरु सहित पाँच टिम छन् । ब्राजिल, कोलम्बिया, भेनेजुएला र इक्वेडर यस समूहमा छन् । दुई खेल खेलेको ब्राजिलले दुबै खेल जितेर ६ अंक बनाई पहिलो स्थानमा छ ।

कोलम्बिया ४ अंक, पेरु ३ अंक, भेनेजुएला २ अंक र इक्वेडर १ अंक सहित क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

सोमबार नै सम्पन्न अर्को खेलमा भेनेजुएला र इक्वेडरबीचको खेल २–२ गोल भई बराबरीमा टुङ्गिएको थियो ।

 




भर्खरै