१० श्रावण २०८३, आईतवार
,
Latest
निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायर्नविरुद्ध सिटीको सहज जित



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत इंग्लिस क्लब म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । क्वाटरफाइनलको पहिलो लेगमा सिटीले जर्मन महारथी बायर्न म्युनिखलाई ३–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रोड्री, बर्नार्डो सिल्भा र एर्लिङ हालाण्डले एक–एक गोल गरे । खेलको २७ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

७० औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । यस्तै ७६ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई सहज जित दिलाए ।

अब यी दुई टोलीबीचको दोस्रो लेगको खेल अप्रिल २० मा बायर्नको घरेलु मैदानमा हुनेछ ।