• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

बायर्नविरुद्ध सिटीको सहज जित



एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत इंग्लिस क्लब म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । क्वाटरफाइनलको पहिलो लेगमा सिटीले जर्मन महारथी बायर्न म्युनिखलाई ३–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रोड्री, बर्नार्डो सिल्भा र एर्लिङ हालाण्डले एक–एक गोल गरे । खेलको २७ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

७० औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । यस्तै ७६ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई सहज जित दिलाए ।

अब यी दुई टोलीबीचको दोस्रो लेगको खेल अप्रिल २० मा बायर्नको घरेलु मैदानमा हुनेछ ।