२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुसँग सहमती गरेर मात्रै सरकारले विधेयकहरु अघि बढाउने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुसँग सहमती गरेर मात्रै सरकारले विधेयकहरु अघि बढाउने बताउनु भएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता समेत रहनु भएका प्रधानमन्त्री दाहालले सबै विधेयकहरु प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुको सहमतीमै अगाडि बढाउनुपर्ने अहिलेको आवश्यक्ता भएको उल्लेख गर्दै त्यसैमा जोड दिएर अघि बढन पार्टीका सांसदहरुलाई पनि निर्देशन दिनु भयो । मंगलबार सिंहदरबारमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले विधेयकहरु अघि बढाउँदा सकैसम्म सबै दलहरुसँग सहमती गर्ने र त्यसो हुन नसकेपनि प्रक्रियामा सहमती गरेर अघि बढन पार्टीका सांसदहरुलाई सचेत समेत गर्नु भयो ।

प्रधानमन्त्री दाहालले संसदमा प्रस्तुत विधेयकहरुको संशोधनमा सत्तापक्षको तर्फबाट भूमिका निर्वाह गर्न नभुल्न पनि पार्टीका सांसदहरुले आग्रह गर्नु भयो । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षसहितका सबै दलहरुको सहमतीमा विधेयकहरु अघि बढाउनका लागि भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशित गर्नु भएको पार्टीका प्रमुख सचेतक हितराज पाण्डले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले हामीलाई निर्देशित गर्नु भएको छ । र, त्यो निर्देशन के छ त भन्दा हामी सत्तापक्ष भएको कारणले विधेयकहरु बनाउँदा, विधेयकहरु अगाडि बढ्दा प्रमुख प्रतिपक्षलगायत सबैसँग सहमतीका साथ अगाडि बढनु पर्छ । र, सहमतीमै हामीले प्रयत्न गर्नु पर्छ ।

यदि कन्टेन्टमा सहमती हुन सकेन भने पनि हामी प्रक्रियामा भने पनि सहमती गरेरै अघि जानुपर्ने हुन्छ । यो अहिलेको राष्ट्रको आवश्यक्ताको विषयबस्तु हो भनेर यसैमा जोड गर्ने भनेर निर्देशित गर्नु भएको छ । यसका साथसाथै हामीले संसदमा प्रस्तुत गर्ने जुन विधेयकहरु छन । प्रस्तुत भएका विधेयकहरुमा जुन संशोधन राख्नुपर्ने छ । हामी सत्तापक्षका भएका हुनाले हामीले सत्तापक्षको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा पनि हामीलाई निर्देशित गर्नु भएको छ ।

यसका साथसाथै हामीले आगामी वर्षको नीति, योजना, कार्यक्रम, बजेट आउँदैछ । त्यो बजेटलाई हामीले कसरी व्यवस्थित गर्ने हामीले हाम्रो तर्फबाट सरकारलाई के–के सुझाव दिने, कसरी हाम्रा नीति, कार्यक्रम र योजना सरकारको नीति, कार्यक्रममा लैजाने भन्ने कुरा छ । सम्माननीय प्रधानमन्त्रीजीले सरकारको साझा न्यूनतम कार्यक्रम आईसकेकै छ । त्यसैका आधारमा नै हामी अगाडि बढनु पर्छ भनेर निर्देशत गर्नु भएको छ । र, कुनै सुझावहरु भए यो नीति, योजना र बजेटबारे सरकारलाई सुझाव दिन पनि भन्नु भएको छ ।’

बैठकमा प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन पनि पार्टीका सांसदहरुलाई सचेत गराउनु भएको थियो ।