२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अडियो प्रकरणः रास्वपा अनुशासन समितिले ढाकामाथि छानबिन सकायो, आजै प्रतिवेदन बुझाउने



अ+ अ-

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंसँगको अडियो संवादबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठमाथि सो पार्टीको अनुशासन समितिले छानबिन सकाएको छ ।

सभापति रवि लामिछानेले श्रेष्ठको अडियो प्रकरणमाथि छानबिन गरी प्रतिवेदन बुझाउन समितिलाई ७२ घण्टाको समय दिएका थिए ।

जसकारण आज अबेरसम्म प्रतिवेदन पठाउने समितिको तयारी छ । अडियोमा रहेको आवाज ढाकाकै रहेको विश्लेषण गरेको छ । तर, समय अपुग भएपछि अडियोको फरेन्सिक टेस्ट गरिएन । फरेन्सिक टेस्टको प्रक्रियामा जाँदा समय लाग्न सक्ने भएकाले त्यसलाई थाँती राखिएको बताइएको छ ।

फोन संवादको अडियोको आवाज आफ्नो नभएको दाबी ढाकाकुमारको छ । समितिले दिने प्रतिवेदनका आधारमा भोलि नै पार्टी केन्द्रीय समिति बसेर कारबाहीको विषयमा निर्णय लिइने रास्वपा स्रोतले जनाएको द्ध ।