२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिंकु सिंहलाई नितिश राणाले आफ्नो ब्याट दिएका थिए, त्यही ब्याटबाट लगातार छक्काको वर्षा भयो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आइतबार कोलकाता नाइट राइडर्स (केकेआर)को गुजरात टाइटन्स (जीटी)विरुद्धको जितमा नायक बनेकी रिंकु सिंह कप्तान नितिश राणाको ब्याटबाट ब्याटिङ गर्न आएका थिए ।

खेलको अन्तिम ओभरमा रिंकु सिंहले लगातार पाँच छक्का प्रहार गरेको ब्याट नितिश राणाकै थियो । यसको जानकारी नितिश राणा आफैले दिएका छन् । केकेआरले आफ्नो भिडियो सामाजिक सञ्जालमा शेयर गरेको छ । जसमा नितिश राणा हातमा ब्याट समातेको देख्न सकिन्छ । गुजरात टाइटन्सको घरेलु मैदान अहमदावादमा अन्तिम ओभरको ५ बलमा लगातार ५ छक्का प्रहार गर्दै रिंकुले गुजरातको पक्षमा रहेको खेल खोसेको ब्याट यही हो ।

भिडियोमा राणाले यो सिजनको पहिलो दुई खेलमा यही ब्याटले ब्याटिङ गरेको बताएका छन् । उनले टि–२० विश्वकप, मुश्ताक अली र आईपीएलको पछिल्लो सिजनका खेलमा पनि यही ब्याटले खेलेका थिए । भिडियोमा उनले रिंकुलाई यो ब्याट दिन नचाहेको बताउँछन् । तर रिंकुले सोही ब्याटले लगातार छक्काको वर्षा गरे । उक्त ब्याट धेरै हल्का रहेको र अब उक्त ब्याट रिंकुको भएको नितिश बताउँछन् ।

रिंकुका बुबा खानचन्द सिंहले यो रिंकुको मेहनत भएको बताए । उनी आफ्नै बलमा यहाँसम्म आइपुगेको उनी बताउँछन् । ‘आजसम्म मैले ब्याट वा क्रिकेटका सामान किनेर उनलाई दिएको छैन । मैले सधैं उनलाई क्रिकेट खेल्न रोकेँ र पढ्न मात्रै आग्रह गरें । रिंकुको पढाइमा खासै ध्यान थिएन र उ क्रिकेटमा मात्रै फोकस गर्थे । पछि मैले उसलाई भने कि क्रिकेट खेल्ने हो भने क्रिकेट मात्र खेल । उ स्थानीय प्रतियोगितामा रन बनाउने गर्थे । पछि गएर धेरै राम्रो गर्छ भनेर मानिसहरूले भन्दथे ।’ रिंकुका बुबाले एएनआईलाई बताए ।

खेलमा गुजरातले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले अन्तिम ओभरमा २९ रन जोडेको थियो ।  उमेश यादवले पहिलो बलमा एक रन लिँदा कोलकाताले पाँच बलमा २८ रन जोडेको थियो । यहाँबाट रिंकुले अन्तिम ५ बलमा लगातार छक्का प्रहार गरे । यसरी कोलकाताले अन्तिम ओभरमा ३१ रन बनाएर खेल जित्यो । बलर यश दयाल थिए ।

यो पनि पढ्नुस्ः शाहरुख खानले बदले रिंकु सिंहको भाग्य, सिलिन्डर वितरकका छोरा बने कोलकाताको हिरो