८ श्रावण २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख खानले बदले रिंकु सिंहको भाग्य, सिलिन्डर वितरकका छोरा बने कोलकाताको हिरो



अ+ अ-

एजेन्सी । कोलकाता नाइट राइडर्सका युवा ब्याट्सम्यान रिंकु सिंहले क्रिकेटरले धेरै वर्षमा गर्न नसक्ने काम एकै खेलमा गरेका छन् । उनले आइतबार (अप्रिल ९) मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गुजरात टाइटन्सविरुद्ध कोलकातालाई अविश्वसनीय जित दिलाउन अन्तिम ओभरमा लगातार पाँच छक्का प्रहार गरे ।

रिंकुलाई कुनैबेला कोचिङ सेन्टरमा पोछा लगाउने अफर आयो । उनले त्यो प्रस्ताव अस्वीकार गरे । उनी आज कोलकाताका नयाँ नायक बनेका छन् ।

गुजरातका कप्तान राशिद खानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । गुजरातले २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनाएको थियो । कोलकाताले राम्रो सुरुवात गरे पनि १७ औं ओभरमा राशिद खानले ह्याट्रिक लिएर खेललाई गुजराततर्फ लगे । कोलकातालाई जितका लागि अन्तिम ओभरमा २९ रन जोड्नु परेको थियो । खेल स्वभाविक रुपमा गुजरातको पक्षमा गएको थियो । तर यहाँ बायाँ हाते स्टार रिंकु सिंहले चमत्कार गरे ।

यश दयालको अन्तिम ओभरमा लगातार पाँच छक्का प्रहार गर्दै रिंकुले कोलकातालाई स्मरणीय जित दिलाए । उमेश यादवले पहिलो बलमा एक रन लिँदा कोलकाताले पाँच बलमा २८ रन जोडेको थियो । यहाँबाट रिंकुले अन्तिम ५ बलमा लगातार छक्का प्रहार गरे । कोलकातालाई विजेता बनाउने यी खेलाडीको कथाले धेरै युवाहरूलाई प्रेरणा दिन्छ । अप्ठ्यारो परिस्थितिमा पनि रिंकुले हार मानेनन् र आफ्नो नाम कमाए ।

रिंकु सिंह उत्तर प्रदेशको अलिगढ निवासी हुन् र उनको यो चरणमा पुग्ने कथा दुःखले भरिएको छ । रिंकुका बुबा अलीगढमा ग्यास सिलिन्डर वितरण गर्थे । पाँच छोरामध्ये एक रिंकु स्कुल पढ्दादेखि नै क्रिकेट मन पराउँथे र फुर्सदको समयमा साथीहरूसँग क्रिकेट खेल्थे । कोलकाता नाइट राइडर्सको वेबसाइटमा रहेको भिडियोमा रिंकुले यो खुलासा गरेका हुन् ।

रिंकु बताउँछन्, ‘मेरो बुवाले मलाई क्रिकेट खेलेको हेर्न चाहनुहुन्नथ्यो । उहाँ मेरो समय क्रिकेटमा खेर फाल्न चाहनुहुन्नथ्यो । कहिलेकाहीँ मेरो जिद्दीको कारण कुटपिट पनि हुन्थ्यो । म खेलेर घर फर्किदा बुबा लाठी लिएर उभिनुहुन्थ्यो । तर, मेरा दाजुभाइले मलाई सपोर्ट गर्दै क्रिकेट खेल्न आग्रह गर्थे । त्यतिबेला बल किन्न मसँग पैसा थिएन । यसमा मलाई केहीले सहयोग पनि गरेका छन् ।’

कोचिङ सेन्टरमा पोछा लगाउने काम पाएपछि…
रिंकुले बताउँछन्, ‘मैले कोचिङ सेन्टरमा पोछा लगाउने काम पाएँ । कोचिङ सेन्टरका मानिसहरूले बिहान सबेरै आएर पोछा लगाएर निस्कन बताउँथे । मेरो दाईले मलाई यो नोकरी दिलाएका थिए । मैले यो काम गर्न सकिन र जागिर छोडेँ । म पढ्न पनि सक्दिनँ, त्यसैले अब क्रिकेटमा पूर्ण ध्यान दिनुपर्छ भन्ने लाग्यो । मैले सोचें कि अब क्रिकेटले मात्र मलाई अगाडि लैजान सक्छ र मसँग अर्को विकल्प छैन ।’

रिंकु सिंहले सानो प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएका थिए । उनी ठूलो अवसरको खोजीमा थिए । बलिउड अभिनेता तथा कोलकाता नाइट राइडर्सका मालिक शाहरुख खानले रिंकुलाई यो मौका दिए । उनको टोलीले २०१८ मा रिंकुलाई ८० लाखमा किनेको थियो । त्यसबेलादेखि रिंकु कोलकाताको सदस्य हुन् । उनी बिस्तारै टिमको अभिन्न अंग बन्दै गएका छन् ।




भर्खरै