• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   मिचेल मार्शको कप्तानीमा टी–२० विश्वकप खेल्ने अष्ट्रेलियाको टोली घोषणा ★   कानुन आवेगमा आउनु हुँदैन ★   सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमको नयाँ अफर ★   मर्यादित काम र श्रमिकको सम्मान गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान ★   कांग्रेस सदैव मजदुरका हकहितमा क्रियाशील छ : सभापति देउवा ★   श्रमिकको हितसँग जोडिएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रियसभा अध्यक्ष दाहाल ★   अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सभामुखको शुभकामना ★   श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल ★   श्रम र श्रमिकको सम्मान गर्ने प्रण गरौँ : उपराष्ट्रपति यादव ★   वेस्ट इन्डिजविरुद्ध नेपालले आज तेस्रो खेल खेल्दै

शाहरुख खानले बदले रिंकु सिंहको भाग्य, सिलिन्डर वितरकका छोरा बने कोलकाताको हिरो



एजेन्सी । कोलकाता नाइट राइडर्सका युवा ब्याट्सम्यान रिंकु सिंहले क्रिकेटरले धेरै वर्षमा गर्न नसक्ने काम एकै खेलमा गरेका छन् । उनले आइतबार (अप्रिल ९) मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गुजरात टाइटन्सविरुद्ध कोलकातालाई अविश्वसनीय जित दिलाउन अन्तिम ओभरमा लगातार पाँच छक्का प्रहार गरे ।

रिंकुलाई कुनैबेला कोचिङ सेन्टरमा पोछा लगाउने अफर आयो । उनले त्यो प्रस्ताव अस्वीकार गरे । उनी आज कोलकाताका नयाँ नायक बनेका छन् ।

गुजरातका कप्तान राशिद खानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । गुजरातले २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनाएको थियो । कोलकाताले राम्रो सुरुवात गरे पनि १७ औं ओभरमा राशिद खानले ह्याट्रिक लिएर खेललाई गुजराततर्फ लगे । कोलकातालाई जितका लागि अन्तिम ओभरमा २९ रन जोड्नु परेको थियो । खेल स्वभाविक रुपमा गुजरातको पक्षमा गएको थियो । तर यहाँ बायाँ हाते स्टार रिंकु सिंहले चमत्कार गरे ।

यश दयालको अन्तिम ओभरमा लगातार पाँच छक्का प्रहार गर्दै रिंकुले कोलकातालाई स्मरणीय जित दिलाए । उमेश यादवले पहिलो बलमा एक रन लिँदा कोलकाताले पाँच बलमा २८ रन जोडेको थियो । यहाँबाट रिंकुले अन्तिम ५ बलमा लगातार छक्का प्रहार गरे । कोलकातालाई विजेता बनाउने यी खेलाडीको कथाले धेरै युवाहरूलाई प्रेरणा दिन्छ । अप्ठ्यारो परिस्थितिमा पनि रिंकुले हार मानेनन् र आफ्नो नाम कमाए ।

रिंकु सिंह उत्तर प्रदेशको अलिगढ निवासी हुन् र उनको यो चरणमा पुग्ने कथा दुःखले भरिएको छ । रिंकुका बुबा अलीगढमा ग्यास सिलिन्डर वितरण गर्थे । पाँच छोरामध्ये एक रिंकु स्कुल पढ्दादेखि नै क्रिकेट मन पराउँथे र फुर्सदको समयमा साथीहरूसँग क्रिकेट खेल्थे । कोलकाता नाइट राइडर्सको वेबसाइटमा रहेको भिडियोमा रिंकुले यो खुलासा गरेका हुन् ।

रिंकु बताउँछन्, ‘मेरो बुवाले मलाई क्रिकेट खेलेको हेर्न चाहनुहुन्नथ्यो । उहाँ मेरो समय क्रिकेटमा खेर फाल्न चाहनुहुन्नथ्यो । कहिलेकाहीँ मेरो जिद्दीको कारण कुटपिट पनि हुन्थ्यो । म खेलेर घर फर्किदा बुबा लाठी लिएर उभिनुहुन्थ्यो । तर, मेरा दाजुभाइले मलाई सपोर्ट गर्दै क्रिकेट खेल्न आग्रह गर्थे । त्यतिबेला बल किन्न मसँग पैसा थिएन । यसमा मलाई केहीले सहयोग पनि गरेका छन् ।’

कोचिङ सेन्टरमा पोछा लगाउने काम पाएपछि…
रिंकुले बताउँछन्, ‘मैले कोचिङ सेन्टरमा पोछा लगाउने काम पाएँ । कोचिङ सेन्टरका मानिसहरूले बिहान सबेरै आएर पोछा लगाएर निस्कन बताउँथे । मेरो दाईले मलाई यो नोकरी दिलाएका थिए । मैले यो काम गर्न सकिन र जागिर छोडेँ । म पढ्न पनि सक्दिनँ, त्यसैले अब क्रिकेटमा पूर्ण ध्यान दिनुपर्छ भन्ने लाग्यो । मैले सोचें कि अब क्रिकेटले मात्र मलाई अगाडि लैजान सक्छ र मसँग अर्को विकल्प छैन ।’

रिंकु सिंहले सानो प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएका थिए । उनी ठूलो अवसरको खोजीमा थिए । बलिउड अभिनेता तथा कोलकाता नाइट राइडर्सका मालिक शाहरुख खानले रिंकुलाई यो मौका दिए । उनको टोलीले २०१८ मा रिंकुलाई ८० लाखमा किनेको थियो । त्यसबेलादेखि रिंकु कोलकाताको सदस्य हुन् । उनी बिस्तारै टिमको अभिन्न अंग बन्दै गएका छन् ।