![](https://newspolar.com/wp-content/uploads/2022/03/Today_Gold_lm98WOBpXh.jpg)
काठमाडौं । मङ्गलवार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ ।
आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार उक्त सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, मङ्गलवार चाँदी प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।