• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

प्रधानमन्त्री दाहाल सरकारको गणितीय वर्चश्वमा रमाउनु भयो: हिसिला यमी



काठमाडौँ । नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष एवं पूर्वमन्त्री हिसिला यमीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल सरकार मिलाउन माहिर भएपनि नेतृत्व लिन भने सक्षम हुन नसकिरहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले शान्ति सम्झौतापछि बनेका १६ सरकारमध्ये नेकपा (माओवादी केन्द्र) १२ वटा सरकारमा सहभागी बनेपनि अपेक्षाकृत रुपमा सत्ताको नेतृत्व लिनभने नसकेको बताउनु भयो । उहाँले शान्ति सम्झौतापछि संक्रमणकालीन न्याय टुंग्याउने विषय किन प्राथमिकतामा परेन भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले संक्रमणकालीन न्याय सम्बन्धी विषयको टुंगो लगाउन माओवादी र प्रधानमन्त्री दाहालको किन पटकपटक ध्यान नपुगेको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहाल गणितीय वर्चश्वमा रमाएको र राज्य पुन: संरचनासँग सम्बन्धित सत्य निरुपण मेलमिलाप आयोगलाई महत्व नदिएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रचण्ड जो हुनुहुन्छ, १६ सरकारमध्ये १२ वटा सरकारको नेतृत्व उहाँले गर्नुभएको छ, उहाँले आफ्नो नेतृत्वको सरकार मिलाउन त प्रचण्डै माहिर हुनुहुन्छ । तर सत्ताको नेतृत्व गर्नमा उहाँको पुगेकै छैन । नपुगेकै कारण यो जुन निवेदन आएको छ, जुन निवेदनले गर्दा आज हामी सबै एक ठाउँमा आउन पाएका छौँ । आज यो १२ वर्षको अवधिमा कयौँ माओवादी पार्टीका नेताहरु कोही मन्त्री बने, कोही संघका कोही प्रदेशका मन्त्री बने । कोही मेयर, कोही उपमेयर बने ।

सबै केही न केही पदमा छौँ, हजारौँ मान्छेहरु सभासद भए तर यो विषयमा किन ध्यान गएन । काँग्रेस एमाले लगायतको त ध्यान गएन गएन तर माओवादी पार्टी प्रचण्डको ध्यान किन गएन ? किन उहाँ गणितीय वर्चश्वमा रमाउने, किन राज्य पुन: संरचनासँग सम्बन्धित जोडिएको यो आयोगलाई किन उहाँले महत्व दिएन ? मैले सुनेको छु, आयोगमा माआवादीले नै पठाएका सदस्यहरुले हामीालई उपेक्षित गरे, समय माग्दा हामीलाई समय दिएन, यही पनि अहिले जुन संशोधन विधेयक अघि बढाउनु भन्दाअघि हाम्रो सल्लाह मागेन ? उहाँहरुका यसमा पनि केही आपत्ति छन्, आफ्नै मान्छेलाई किन विश्वास गरेन ?’

उपाध्यक्ष यमीले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ९३ दिनको विपक्षी दलको नेताको सुविधा दिन सरकार तयार भएको तर सत्य निरुपण मेलमिलाप आयोगमा रहेका पुराना कर्मचारीहरुलाई निरन्तरता दिन सरकारसँग पैसा नभएको हो भन्दै प्रश्न गर्नुभयो ।