• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल ★   सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति ★   संसद सचिवालयका कर्मचारीको मागबारे बैठक सकारात्मक, माग सम्बोधन नभए आन्दोलन जारी रहने चेतावनी ★   कोशी प्रदेशमा चट्याङबाट एक दशकमा दुई सय ५४ को मृत्यु ★   ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’ ★   भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु ★   सङ्खुवासभा बाढीपहिरो: १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता ★   नेकपा (एस) भित्र विचारमा कुनै मतभेद छैन: माधवकुमार नेपाल

सिंहदरबारले काठमाडौं महानगरको माग तत्काल सम्बोधन गर्नुपर्छ – गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभाका सांसद् गगन कुमार थापाले काठमाडौं महानगरपालिकाको माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले संघ र स्थानीय तहबीच अन्तरसम्बन्ध प्रभावकारी हुन नसकेको जनाउँदै काठमाडौं महानगरपालिकासँगको टकराब हल गर्न सरकार गम्भीर बन्नुपर्ने बताए ।

उनले भने,‘काठमाडौं महानगर र सिंहदरबारबीच जुन प्रकारको टकराव देखिएको छ । कुनै बिलम्ब नगरिकन काठमाडौं महानगरको जायज माग सम्बोधन गरियोस् । तीन तहको सरकारबीच समन्वय हुन आवश्यक छ । महानगरमा देखिएको टकराव हल गरियोस् । स्थानीय सरकारलाई काठमाडौं महानगरमा आउने वातावरण नबनाइयोस् ।’

यस्तै, सांसद थापाले काठमाडौं महानगरपालिकासँग देखिएको टकरावलाई सम्बवधन गर्न आजै प्रधानमन्त्रीले पहलकदमी चाल्नुपर्ने बताए ।

‘काठमाडौँ महानगरापालिकासँग देखिएको टकरावलाई सम्बोधन गर्न आजै प्रधानमन्त्रीले पहलकदमी लिएर कामपासँग संवाद गरियोस्, यो विषय टुङ्ग्याइयोस्, सँगसँगै यो विषय अहिले टुङ्गियो भनेर यतिकै नछाडियोस्, सङ्घीय सरकारले बनाउनुपर्ने कानुन संसद्मा ल्याइयोस् ।’ उनले भने ‘स्थानीय सरकार काठमाडौं आएर घुम्नुपर्ने अवस्थालाई अन्त्य गरियोस् ।’