१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

सिंहदरबारले काठमाडौं महानगरको माग तत्काल सम्बोधन गर्नुपर्छ – गगन थापा

सिंहदरबारले काठमाडौं महानगरको माग तत्काल सम्बोधन गर्नुपर्छ – गगन थापा
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभाका सांसद् गगन कुमार थापाले काठमाडौं महानगरपालिकाको माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले संघ र स्थानीय तहबीच अन्तरसम्बन्ध प्रभावकारी हुन नसकेको जनाउँदै काठमाडौं महानगरपालिकासँगको टकराब हल गर्न सरकार गम्भीर बन्नुपर्ने बताए ।

उनले भने,‘काठमाडौं महानगर र सिंहदरबारबीच जुन प्रकारको टकराव देखिएको छ । कुनै बिलम्ब नगरिकन काठमाडौं महानगरको जायज माग सम्बोधन गरियोस् । तीन तहको सरकारबीच समन्वय हुन आवश्यक छ । महानगरमा देखिएको टकराव हल गरियोस् । स्थानीय सरकारलाई काठमाडौं महानगरमा आउने वातावरण नबनाइयोस् ।’

यस्तै, सांसद थापाले काठमाडौं महानगरपालिकासँग देखिएको टकरावलाई सम्बवधन गर्न आजै प्रधानमन्त्रीले पहलकदमी चाल्नुपर्ने बताए ।

‘काठमाडौँ महानगरापालिकासँग देखिएको टकरावलाई सम्बोधन गर्न आजै प्रधानमन्त्रीले पहलकदमी लिएर कामपासँग संवाद गरियोस्, यो विषय टुङ्ग्याइयोस्, सँगसँगै यो विषय अहिले टुङ्गियो भनेर यतिकै नछाडियोस्, सङ्घीय सरकारले बनाउनुपर्ने कानुन संसद्मा ल्याइयोस् ।’ उनले भने ‘स्थानीय सरकार काठमाडौं आएर घुम्नुपर्ने अवस्थालाई अन्त्य गरियोस् ।’