५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशमा एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता



अ+ अ-

सुर्खेत । नेकपा (एमाले) ले कर्णाली प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले सरकारबाट बाहिरिएसँगै सोमबारदेखि लागु हुने गरी समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो ।

एमालेबाट सरकारमा सहभागी तीन मन्त्रीले आइतबार राजीनामा दिएका थिए । गत पुस १० गतेको समीकरणअनुसार नेकपा (माओवादी केन्द्र) का राजकुमार शर्मालाई मुख्यमन्त्रीमा एमालेले समर्थन गरेको थियो भने माघ ६ गते विश्वासको मत दिएको थियो । त्यसैगरी यही चैन १७ गते पनि दोस्रोपटक मुख्यमन्त्री शर्मालाई एमालेले विश्वासको मत दिएको थियो ।

केन्द्रमा सत्ता समीकरणमा परिवर्तन भएसँगै प्रदेशमा पनि त्यसको असर देखिएको हो । कर्णाली प्रदेशमा एमालेका सभामुखसहित १० प्रदेशसभा सदस्य छन् । अब पुन: मुख्यमन्त्री शर्माले विश्वासको मत लिनुपर्ने भएको छ ।