• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीले आज राजीनामा नदिए एमालेले के गर्छ ? ★   एमालेसँगको सहमति अनुमोदन गर्न आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै ★   ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता, चालकको उद्धार ★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध ★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त

सभामुख घिमिरेद्वारा पहिलोपटक कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान



काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठक बस्दैछ र सो बैठकअघि उहाँले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि कार्यव्यवस्था परामर्श समितिको बैठक पहिलोपटक बस्न लागेको हो । बैठकमा संसदीय समिति र संयुक्त समिति गठनलाई लिएर नियमावली संशोधनका बारेमा छलफल हुने जनाइएको छ ।

साथै संसद्मा विचाराधीन विधेयकहरु अगाडि बढाउने विषयमा पनि समितिको बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सांसदहरु सदस्य छन् ।

यही चैत २३ गते गठन भएको कार्यव्यवस्था परामर्श समिति गठन भएको हो । समितिमा दलहरुका तर्फबाट अजयकुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ्ग, नागिना यादव, पदम गिरी, प्रदिप यादव, महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा सो.शी. (चौधरी), लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाई, हितराज पाण्डे र ज्ञानबहादुर शाही सदस्य हुनुहुन्छ ।